back
CTIZAN AD

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

वि.सं.२०८३ जेठ २४ आइतवार

309 

shares

गाईघाट (उदयपुर) । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी सुरु भएकाले असार साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न थालेपछि उदयपुरका किसान चिन्तित बनेका छन् ।

जिल्लाको त्रियुगा तथा चौदण्डी नगरपालिका क्षेत्रका किसानले रोपाइँ गर्न राखेको धानको ब्याड सुक्न थालेको छ । अति बढी तातो र खडेरीले धानको ब्याड चिरासमेत पर्न थालेको किसान बताउँछन् । ब्याडमा धानको बीउ उम्रन नसक्ने अवस्था आएकामा आफूहरू चिन्तित बनेको त्रियुगा नगरपालिका–१ जोगीदहका किसान मोहनदेव चौधरी बताउँछन् ।

त्रियुगा नगरपालिका–१३ पोर्ताहका किसान प्रेमप्रसाद दाहाल भन्छन्, “जेठ १ गते नै असार साउनमा रोपाइँका लागि धानको ब्याड राखेको, तर खडेरी बढेसँगै ब्याड नै चिरा पर्दै जान थालेका कारण धानको बीउ उम्रन नसक्ने अवस्था छ । कतै धानको बीउकै कारण असार अन्तिमदेखि साउनमा रोपाइँ गर्न समस्या हुने हो कि भन्ने चिन्ता लागेको छ ।”

त्रिनपा–३ भुल्केको दयानाथ भट्टराईका अनुसार जेठको सुरु हप्तादेखि नै बढी गर्मीसँगै तातो र सुक्खा खडेरीले ब्याड नै चिरा पर्न थालेकाले यसपटक धानको बीउ उत्पादन गर्न समस्या हुने र समयमा रोपाइँ गर्न नसकिने हो कि भन्ने चिन्ता लाग्न बताउछन् ।

भुल्के क्षेत्रमा मात्र झण्डै डेढ सयभन्दा बढी धानको ब्याड रहेको र अधिकांश सुक्खाले ब्याडमा चिरा पर्न थालेकाले बिउ उम्रन समस्या देखिएको अर्का किसान कृष्णप्रसाद फँुयाल बताउछन् ।

यस्तै चौदण्डीगढी नगरपालिका–९ ज्यमिरेका कृषक धनपति पौडेलका अनुसार उदयपुरमा असारको तेस्रो हप्तादेखि साउनको तेस्रो हप्तासम्म रोपाइँ हुने गरेको छ । अधिकांश किसानले धानको ब्याड भने वैशाखको अन्तिम हप्तादेखि जेठको पहिलो हप्ताभित्र राख्ने गरेका छन् ।

वि.सं.२०८३ जेठ २४ आइतवार ०७:४९ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...