back
CTIZAN AD

श्रीदेवीलाई सम्झिँदै यस्तो स्टाटस लेखिन् उनकी छोरी जान्हवीले

वि.सं.२०७६ फागुन १२ सोमवार

906 

shares

काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीलाई सम्झिँदै उनकी छोरी जान्हवीले सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा तस्बिर साझेदार गरेकी छन् । श्रीदेवीको २०१८ फेब्रुअरी २४ मा निधन भएको हो ।

अभिनेत्री श्रीदेवीको दुबईमा भएको आकस्मिक निधनपछि देशभरका मानिसहरु चकित भएका थिए । र, उनको निधनलाई लिएर केहि समय विवाद पनि भएको थियो । उनको निधन पछि कपुर परिवारसँगै, बलिउडले उनको बिदाइका लागि शोक मनाएका थिए । उनका दुई छोरी पनि छन् ।

उनकी दुई छोरी मध्ये जेठी छोरी जाह्नवी कपूरले आमाको दोस्रो पुण्यतिथिमा सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘आमा म तिमीलाई हरेक दिन सम्झन्छु’ स्टाटस लेख्दै आमासँग बसेको बालापनको तस्बिर सार्वजनिक गरेकी छन् । श्रीदेबी बलिउडमा एक समयकी सुपरहिट नायिकाको रुपमा चिनिन्थिन् । उनले हिम्मतवाला, बलिदान, मावाली, सुहागन, घर–संसार लगायतका धेरै चलचित्रमा अभिनय गरेकी छन् ।

वि.सं.२०७६ फागुन १२ सोमवार १२:२३ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...