back
CTIZAN AD

शेर्पा समुदायको संस्कृतिको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको छ -मुख्यमन्त्री पौडेल

वि.सं.२०७६ फागुन १२ सोमवार

684 

shares

१२ फागुन, हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो साहस र सामथ्र्यका माध्यमबाट देशलाई संसारभर चिनाउन महत्वपूर्ण योगदान दिएका शेर्पा समुदायको सम्मान, भाषा, कला, संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शेर्पा समुदायको महान् सांस्कृतिक पर्व ग्याल्पो ल्होसार २१४७ का अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले यस पर्वले नेपाली नेपाली बीचको भ्रातृत्व विकासमा सहयोग पु¥याउने बताए।

“नेपालको हिमाली क्षेत्रका आदिवासी जनजाति शेर्पा समुदायको महान् चाड ग्याल्पो ल्होसारको अवसरमा शेर्पा समुदाय, वाग्मती प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, उनले सन्देशमा भनेका छन् ।
मुख्यमन्त्री पौडेलले सन्देशमा भनेका छन्, “महायान बौद्ध धर्मावलम्बीको नयाँ वर्ष तथा ‘च्याक् फो च्यिवा लो २१४७ ले नेपाली नेपाली बीचको एकता, भ्रातृत्व र समभाव वृद्धिमा सकारात्मक सन्देश फैलाउन सकोस् ।”

“मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह (बँदेल) गरी १२ वर्गमा विभाजन गरेर मनाइने ल्होसारको बराह वर्ष पूरा भई आजदेखि मुसा वर्ष शुरु भएको छ । यही खुशीमा सम्पूर्ण नेपाली शेर्पा समुदाय उल्लासमय ढङ्गबाट नयाँ वर्ष मनाइरहेका छन् ।

भौगोलिकाताको हिसाबले हिमालदेखि तराईसम्म फैलिएको वाग्मती प्रदेशमा तराईका थारू समुदायदेखि हिमालका शेर्पा समुदाय सम्मको बसोबासले प्रदेशलाई सांस्कृतिक विविधताले समेत सम्पन्न बनाएको छ”, उनले सन्देशमा भनेका छन् ।रासस

वि.सं.२०७६ फागुन १२ सोमवार १२:१० मा प्रकाशित

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो...