back
CTIZAN AD

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

वि.सं.२०८३ जेठ २४ आइतवार

231 

shares

अछाम । अछामको कमलबजार नगरपालिका– ७ स्थित क्वाल्लेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति तुर्माखाँद गाउँपालिका–३ निवासी २६ वर्षका पुष्प बुढाले चलाएको से १ ज ६१३ नम्बरको जीप दुर्घटना हुँदा कमलबजार नगरपालिका–७ का ३४ वर्षीय कर्ण भाटको मृत्यु भएको हो ।

जिप सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका भाटको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी निरीक्षक सरोजकुमार कैलाको कमाण्डमा गएको प्रहरी टोलीले घाइतेको तत्काल उद्धार गरी उपचारका जिल्ला अस्पताल मङ्गलसेन लगिएको थियो ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा मृतक भाटका १३ वर्षीय छोरा मीनबहादुर भाट र सोही ठाउँका ३० वर्षीय बद्री भाट रहेका छन् भने दुवै जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको प्रहरीले जनाएको छ । जिप चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

वि.सं.२०८३ जेठ २४ आइतवार १०:३३ मा प्रकाशित

सुनसरी घटनापछि सिडिओ घिमिरे गृह मन्त्रालय तानिए, सुरक्षा नेतृत्वमा व्यापक हेरफेर

सुनसरी घटनापछि सिडिओ घिमिरे गृह मन्त्रालय तानिए, सुरक्षा नेतृत्वमा व्यापक हेरफेर

काठमाडौं। सुनसरीमा आइतबार राति भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका...

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।...

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ...

नेपालसँग कृषि तथा व्यापारिक सहकार्य विस्तारमा बंगलादेशको जोड

नेपालसँग कृषि तथा व्यापारिक सहकार्य विस्तारमा बंगलादेशको जोड

काठमाडौं। नेपालसँग कृषि तथा व्यापारिक सहकार्य विस्तार गर्दै कृषि उत्पादन,...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...