back
CTIZAN AD

समाजवादी पार्टीको प्रवास विशेष प्रदेश समितिको घोषणा

वि.सं.२०७६ फागुन १४ बुधवार

747 

shares

१४ फागुन, काठमाडौं । समाजवादी पार्टीको प्रवास बिषेश प्रदेश समितिको घोषणा भएको छ । संघीय समाजवादी फोरम नेपालको २१ मुलुकमा निर्माण भएको प्रवास सङ्गठन नेपाली सङ्घीय समाज र १९ मुलुकमा गठन भएको नयाँशक्ति पार्टीको भातृसंगठन अन्तर्राष्ट्रिय नेपाली समाजको समायोजन जारी रहेको बेला २१ मुलुकमा निर्माण भई संचालनमा रहेका समितिहरुलाई एक प्रदेशको रुपमा मान्यता दिदै प्रवास विषेश प्रदेश समितिको घोषणा गरिएको हो ।

मंगलबार राजधानीमा सम्पन्न घोषणा कार्यक्रममा समितिमा नयाँ शक्तिको तर्फबाट अध्यक्ष धन गुरुङ र संघीय समाजवादी फोरम, नेपालका तर्फबाट मुख्यसचिव विश्वदीप तिगेलालाई पार्टीले चयन गरेको छ। ११ सदस्यीय पदाधिकारीहरुमा दुवै पार्टीका तर्फबाट आधाआधा चयन गरिएका छन् । जसमा उपाध्यक्षहरुमा क्रमशः पूर्व डिआईजी पार्वती थापामगर, पेम्बा गेल्बु शेर्पा, सुवन चौलागाई, सुन्दर तामाङ, र मिलन कान्छा किराती रहेका छन् । त्यस्तै गरि ३ सचिवहरुमा क्रमशः प्रमोद श्रेष्ठ, मनिष यादव, मनोज गौतम, र कोषाध्यक्षमा धनबहादुर बिक रहेका छन् ।

समितिको इन्चार्जमा आङकाजी शेर्पा र पाँच सहइन्चार्जहरुमा क्रमशः मानबहादुर राई, जि.एस गुरुङ, भगवान चाम्लिङ, लक्ष्मण हुमागाई र सुनिल खडकालाई तोकेको छ।

पूर्वप्रधानमन्त्री एवम् सामाजवादी पार्टीका शिर्ष नेता डा बाबुराम भट्टराई र केन्द्रीय कार्यसमिति अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले दिप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गरेका थिए । डा भट्टराईले देशको शान्ति र संमृद्धिको निम्ति अहिले कच्चा पदार्थ मात्र भेला गर्दै गरेको अवस्था रहेकोले विदेशमा रहेका नेपालीहरुले पनि सक्दो योगदान गर्नुपर्ने मन्तब्य राखेका थिए । अध्यक्ष यादवले देश समाजवाद उन्मुख नभएर समाजवाद विमुख गएको र अहिलेको संविधान शंसोधन गर्नुको विकल्प नरहेको बताए । त्यस्तै गरी पूर्वमन्त्री एवम् बरिष्ठ नेता अशोक कुमार राईले नेपालमा लोकतन्त्र होइन दलतन्त्र मात्र आएको धारणा राखेका थिए भने पूर्वमन्त्री एवम् केन्द्रीय सहअध्यक्ष तथा सङ्घीयताविद राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्री केपी ओलीको सरकार विरालोलाई दुधको साक्षी राख्नु जस्तै भएको उद्धाहरण दिँदै अहिलेको सरकार पूर्णरुपमा भ्रष्ट्राचारमा डुबेको बताए । महासचिव माननीय रामसहाय प्रसाद यादवले पनि प्रवास विशेष प्रदेश समितिलाई शुभकामना ब्यक्त गरेका थिए ।

प्रवास विशेष प्रदेश समितिको उपाध्यक्ष पेम्बा गेलु शेर्पाको सभापतित्वमा आयोजित घोषणा सभामा चयन भएका पदाधिकारीहरुको नामावली प्रवास इन्चार्ज आङकाजी शेर्पाले पढेर सुनाए भने अध्यक्ष यादवले पर्दा खोलेर पदाधिकारी अंकिंत ब्यानरलाई सार्वजानिक गरे । कार्यक्रमलाई सहइन्चार्ज लक्ष्मण हुमागाईले संचालन गरेका थिए ।

समाजवादी पार्टीले ७ वटा भौगोलिक प्रदेश, १ गैर भौगोलिक विशेष प्रदेश समिति र १ प्रवास बिशेष समिति रहने ब्यवस्था रहेको छ भने आफनो पार्टीको बिधानमा पहिचानमा आधारित प्रादेशिक संरचनाका रुपमा चाहि १० बटा राष्ट्रिय समिति र १ शिल्पी विशेष प्रदेश समिति र स्वायत्त र संरक्षित प्रदेशहरू रहेका छन् । युके, युएसए, हङकङ, कतार, कुवेत, दक्षिण कोरिया, जापान, इजरायल, पोर्चुगल, बेल्जियम, जर्मनी, फ्रान्स, साइप्रस, मकाउ, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, जर्मनी, क्यानडा, नेदरल्याण्ड, मलेशिया, अष्ट्रेलिया, बहराईन लगायतका देशमा पार्टीको प्रवास अंग सक्रिय रहेका छन ।

सामाजवादी पार्टीको २१ वटा मुलुकका नेपाली समाजका अध्यक्षहरु प्रवास विशेष प्रदेश समितिको पदेन सदस्य रहने र प्रवासमा रहने केन्द्रीय सदस्य, रिषद सदस्य, सल्लाहकारहरु, जनबर्गिय संगठनका अध्यक्षहरु पनि रहने गरी बढिमा ९९ जनाको समिति बन्ने जनाईएको छ ।

वि.सं.२०७६ फागुन १४ बुधवार ११:५५ मा प्रकाशित

प्रतिनिधिसभा बैठक सुरु, नियमावली पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, नियमावली पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक निर्धारित समयमन्दा २५ मिनेट ढिला सुरु...

इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार

इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार

वासिङ्टन । अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा लगाएको नाकाबन्दी तोडेर प्रवेश...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक...

प्रदेशसभा बैठकः नीति तथा कार्यक्रममा छलफल

प्रदेशसभा बैठकः नीति तथा कार्यक्रममा छलफल

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबार अपराह्न १ः०० बजे बस्नेछ...

दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु...