back
CTIZAN AD

दिल्लीमा भड्कियो हिंसाः ज्यान गुमाउनेको सङ्ख्या २० नाग्यो

वि.सं.२०७६ फागुन १४ बुधवार

729 

shares

१४ फागुन, काठमाडौं । भारतको राजधानी दिल्लीमा बुधबार बिहानैदेखि हिंसा भड्किएको छ । नयाँ नागरिकतासम्बन्धी कानुनको विपक्षमा यसअघि पनि प्रदर्शन भएका थिए । गएको आइतबारदेखि प्रदर्शनले उग्र रुप लिएपछि हिंसा भड्किएको हो ।

बुधबार बिहानै दिल्लीको एक सुपरमार्केटमा आगजनी गरेर एक सटरमा आगो लगाईएको छ भने सयौं सटरमा तोडफोड गरिएको छ । मंगलबार साँझसम्म १३ जनाको ज्यान गएको उक्त प्रदर्शनमा बुधबार थप ७ जनाको ज्यान गएको बताईएको छ । प्रहरीको तर्फबाट आइतबार थप एकजनाको ज्यान गएको थियो । गुरु तेग बहादुर अस्पतालले एक विज्ञप्ति जारी गरी घाइतेहरु ल्याउने क्रम नरोकिएको र केहि घाइते गंभीर भएकोले मृतकको संख्या बढ्न सक्ने जनाएको छ ।

दिल्लीका छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाइएको छ । गृह मन्त्रालयमा भएको बैठकपछि भारतका केन्द्रीय गृह मन्त्री अमित शाहले शान्तिको अपिल गर्दै हिंसा बढ्न नदिन सीमा नाकामा कडाइ गरिएको जानकारी दिए ।

यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा भड्किएको हिंसा रोक्न थप सुरक्षा बल आवश्यक रहेको बताएका छन् । नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा रहेका प्रदर्शनकारीबीच झडप घाइतेको संख्या हजार कटेको बताइन्छ । दिल्लीको यो प्रदर्शन दशकौँयताको सबैभन्दा खराब हिंसात्मक भएको बताइन्छ । हिंसाले साम्प्रदायिक रुप लिंदा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको भन्दै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले वार्तामार्फत समाधान खोज्न पटक-पटक आग्रह गर्दै आएका छन् ।

वि.सं.२०७६ फागुन १४ बुधवार १२:०८ मा प्रकाशित

सान फ्रान्सिस्कोमा सगरमाथा दिवस मनाइयो

सान फ्रान्सिस्कोमा सगरमाथा दिवस मनाइयो

काठमाडौँ । ‘सगरमाथा, विश्वको सर्वोच्च शिखरः नेपालको पहिचान र गौरव’...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

सवारी दुर्घटनामा चालकको मृत्यु

सवारी दुर्घटनामा चालकको मृत्यु

बागमती । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा...