back

मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम विस्तार गरिँदै

वि.सं.२०७६ फागुन १४ बुधवार

378 

shares
GLOBAL IME AD
NTC AD

१४ फागुन, हेटौंडा । वाग्मती प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई विस्तार गर्ने भएको छ । जनतालाई नसर्ने तर प्राणघातक रोगका बारेमा बेलैमा जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रमलाई प्रदेशका सम्पूर्ण नागरिकको पहुँचसम्म पु¥याउने तयारी थालिएको हो ।

कार्यक्रमअनुसार आगामी एक वर्षभित्र प्रदेशका २५ हजार विपन्न परिवारका सदस्यले निःशुल्क सेवा प्राप्त गर्नेछन् भने प्रदेशका अन्य ७५ हजार नागरिकले न्यून शुल्कमा आफ्नो स्वास्थ्य परीक्षण गराउन पाउनेछन् । कतिपय अस्पतालले आजभोलिबाटै र केहीले एक हप्ताभित्रमा कार्यक्रम शुरु गरिसक्ने र आगामी चैतको पहिलो हप्ताबाट सबै नागरिकलाई सेवा दिनेगरी कार्यक्रम शुरु गर्ने तयारी गरिएको प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षदेखि परीक्षणका रूपमा प्रदेशका पाँच जिल्लाका पाँच अस्पतालबाट शुरु गरिएको कार्यक्रम अब चैतबाट भने प्रदेशका १३ जिल्लाका १५ अस्पतालबाट एकैसाथ शुरु गर्न लागिएको हो । कार्यक्रमको शुरुआती चरणमा जेष्ठ नागरिक, दलित, महिला, विपन्न तथा अल्पसङ्ख्यकका लागि सेवा दिइएको भए पनि आगामी दिनमा कार्यक्रमको दायरा फराकिलो बनाएर कार्यक्रम शुरु गर्न लागिएको हो । विशेषगरी प्रदेशका नागरिकलाई नसर्ने रोगको सहज परीक्षण गरी समयमै उपचार गर्नका लागि सहजता होस् भन्ने उद्देश्यले प्रदेशका सम्पूर्ण नागरिकको पहुँच पुग्ने गरी कार्यक्रमलाई व्यापकरूपमा विस्तार गर्न लागिएको मन्त्री दुलाल बताउँछन् ।

नसर्ने रोगका बारेमा सम्पूर्ण शरीरको स्वास्थ्य परीक्षण गरेर आफूमा भएका स्वास्थ्य समस्याका बारेमा समयमै जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रम ल्याइएको उनको भनाइ छ । प्रदेशको हेटौँडा अस्पतालसहितका १५ अस्पतालबाट लक्षित वर्गका नागरिकलाई स्थानीय तहको सिफारिसमा निःशुल्क परीक्षण गर्ने र अन्य नागरिकलाई न्यून शुल्कमा स्वास्थ्य परीक्षण गर्नेगरी कार्यक्रम ल्याइएको मन्त्री दुलालले जानकारी दिए ।रासस

वि.सं.२०७६ फागुन १४ बुधवार १२:२३ मा प्रकाशित

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका...

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२...

लुम्बिनीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

लुम्बिनीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...

पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

भरतपुर (चितवन) । खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी...

विद्युतीय खरिदसम्बन्धी तालिम आयोजना

विद्युतीय खरिदसम्बन्धी तालिम आयोजना

पाटन (ललितपुर) । सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौं र बागमती...

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया...