back
CTIZAN AD

नेप्लिज वेलफेयर सोसाइटी बहराइनद्वारा कार्यक्रम स्थगित गरिएको जानकारी

वि.सं.२०७६ फागुन १४ बुधवार

690 

shares

२६ फ्रेबुअरी । नेप्लिज वेलफेयर सोसाइटी बहराइनद्वारा यहि मार्च ६ मा आयोजना गर्न लागेको बृहत् साँस्कृतिक साँझ अहिलेलाई स्थगित गरेको छ ।

कोरोना भाइरसको स्रक्रमणले सबै राष्ट्रहरुलाई त्रसित तुल्याइरहेको अवस्था र बहराइनमा समेत संक्रमितको संख्यामा बृद्धि हुने क्रम रहेको अवस्थाको ख्याल गरी सम्पूर्ण तयारी पुरा भैसकेको अवस्थामा पनि कार्यक्रम स्थगित गरिएको जानकारी अध्यक्ष नारायण रपाल विश्वकर्मा र महासचिव विरेन्द्र बुढाथोकी हस्ताक्षरित प्रेस विज्ञप्तीमार्फत दिइएको छ ।

कार्यक्रम स्थगित गर्नुपर्दा हुन गएको असुविधाप्रति सोसाइटीले क्षमा माग्दै बहराइन सरकारबाट जनजीवन सामान्य रहेको सूचना प्राप्त भएपछि पुनः कार्यक्रम गरिने प्रतिबद्धता गरिएको छ ।

सूचनामा खतरनाक भाइरसबाट जोगिन बहराइन सरकार र सम्बन्धीत निकायद्वारा जारी गरिएको सावधानीलाई पूर्ण रुपमा पालना गर्दै सबै देशका नागकिरहरुबीच सचेतना फैलाउन गम्भिरतापूर्वक लाग्न पनि सबैमा हार्दिक अनुरोध गरिएको छ ।

वि.सं.२०७६ फागुन १४ बुधवार १२:२७ मा प्रकाशित

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...