back
CTIZAN AD

बुटवलमा कोरोना लक्षणका विरामीः डा. खनाल भन्छन्–‘लक्षण मिल्दोजुल्दो देखिएको हो, आत्तिइहाल्नु पर्दैन’

वि.सं.२०७६ फागुन ३० शुक्रवार

984 

shares

३० फागुन, काठमाण्डौं । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना संक्रमणका विरामी भेटिएको भन्ने समाचार आएपछि यतिबेला बुटवलवासीमा त्रास छाएको छ ।

यस विषयमा अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. राजेन्द्र खनालले मौसमी रुघाखोकी लगायतका हामीले भोग्दै आएका लक्षणहरु देखिएकोले आशंका मात्र गरिएको तर त्यस्तो नभएको बताएका छन् ।

‘भर्खरको योङ्ग व्यक्तिमा निमोनिया देखिएकाले त्यस्तो आशंकामा सावधानी अपनाएर आइसोलेसनमा छुट्टै राखेर उपचार गरिएको हो । हामी अनुसन्धानमै छौं, आज नमुना पठाउँदैं छौं । जहासम्म रिर्पोट नेगेटिभ नै देखिनेछ ।’

डा. खनालले त्यस्तो डराउनुपर्ने अवस्था नरहेको बताउँदै विश्वव्यापी त्रास फैलिरहेका बेला नागरिकले आफै सतर्कता अपनाउनु पर्ने, रुघाखोकीका लक्षण देखिएका बेला भिडभाडमा नजाने, आफूलाई थप संक्रमण हुनबाट बचाउने र अरुलाई पनि बचाउनुपर्ने बताएका छन् ।

उनले बुटवलमा अब गर्मी लागिसकेको र बाहिरी देशमा मानिसहरुको त्यतिधेरै आवातजावत नभएकोले डराइहाल्नुपर्ने अवस्था नरहेको बताए । ‘भारत ठूलो देश भएको र त्यहाँ अन्तराष्ट्रियरुपमा आवत–जावत पनि बढी हुने भएकाले अलि डर हो । तर, यहाँ आत्तिइहाल्नु पर्ने अवस्था छैन ।’ डा. खनालले भने ।

डा. खनालले अस्पतालले अहिले दुईवटा आइसोलेसन तयारी अवस्थामा राखेको र आवस्यकता अनुसार थप गर्दै जाने बताएका छन् । ‘कोरोना संक्रमण विरुद्ध लड्नका लागि हामी तयारी अवस्थामा छौं ।’ डा खनालले संसारन्युजसँग भने ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार ०८:५७ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...