३० फागुन, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको प्रभावका कारण आज केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी र वर्षा हुने र केही स्थानमा हिमपात समेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशको पश्चिमी तथा मध्य भूभागमा सामान्यतया बदली रहेको छ भने बाँकी भूभागमा आन्शिक बदलीको अवस्था रहेको छ।
पश्चिमी भूभाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भूभागका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग र असिनारहावाहुरी सहित वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन ३० गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य बदली रहनेछ । पश्चिमी तथा मध्य भूभागका केही स्थानहरूमा र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । देशको अधिकांश उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।
रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । पश्चिमी भूभाग लगायत मध्य का धेरै स्थानहरूमा र पूर्वी भूभागका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।
चैत्र ०१ गते (शनिबार)
दिउँसोः देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघगर्जनरचट्याङ्ग र असिनारहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।
रातीः देशका अधिकांश भूभागमा सामान्य बदली रहनेछ। देशका पश्चिमी भूभागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वका केहि स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग र असिनारहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू९भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।
चैत्र ०२ गते (आईतबार)
दिउँसोः देशका अधिकांश भूभागमा आन्शिक देखि सामान्य बदली रहनेछ। देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशका पहाडी भूभागमा आन्शिक देखी सामान्य बदली रहनेछ। देशको मध्य तथा पूर्वी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।
वि.सं.२०७६ फागुन ३० शुक्रवार ०९:५२ मा प्रकाशित




























