back
CTIZAN AD

न्युहेम्पशायरमा नेपाली फिल्म ‘रिसिम’ प्रदर्शन

वि.सं.२०७६ फागुन ३० शुक्रवार

888 

shares

३० फागुन, अमेरिका । आदिवासी जनजाती महासंघ नेपाल इन अमेरिका (फिफ्ना ) न्यूइंग्ल्याण्ड लोकल च्याप्टरले न्यूहेम्पशायर हुक्सेटस्थित हुक्सेट लाइब्रेरीमा हालै किराँत राईहरुको संस्कृति र परम्परामा आधारित फिल्म “रिसिम’ प्रदर्शन गरेको छ ।

बिभिन्न जात जातीहरुको भाषा संस्कार संस्कृतिलाई विदेशमा बस्ने नेपाली र स्थानीयहरु बीच उजागर गर्ने, फिल्मको प्रोमोसन र फण्ड संकलन गर्ने उद्धेश्यले फिप्नाले वर्षेनी यस्तो प्रदर्शनी गर्दै आईरहेको फिप्ना लोकल च्याप्टर अध्यक्ष सुन्दरी गुरुङले बताइन् ।
गुरुङले जनजाती महासंघ नेपाल (नेफिन) ले नेपालमा छनौट गरेको जनजातीको संस्कृति झल्कने फिल्महरुलाई अमेरिकामा देखाइने गरेको कुरा बताइन् ।

संस्थाका महासचिव बिकास गुरुङले गत साल नेपाली र अंग्रेजी सब टाइटल भएको गुरुङ भाषाको फिल्म (क्यु प्य्हो छे) ‘भेडी गोठालो’ देखाइएको बताए । यसपटक राई समुदायको संस्कृतिलाई प्रतिनिधित्व गर्ने अंग्रेजी सब टाइटल भएको रिसिम फिल्म छनौटमा परेको पनि उनले जानकारी दिए । उनले यस्ता कार्यलाई आगामी दिनहरु पनि निरन्तरता दिइने कुरा बताए ।

युनाईटेड किरात राई अर्गनाइजेशन अफ अमेरीका न्यूइंग्ल्याण्ड लोकल च्याप्टरका सभापति मुक्ति नारायण राई र न्यूयोर्क निवासी लीला राईको बिशेष पहलमा उक्त फिल्म प्रदर्शनको ब्यवस्थापन गरिएको थियो । (फिपना) न्यु इंग्ल्याण्ड लोकल च्याप्टरले राई द्धयलाई बिशेष धन्यवाद समेत दिएको छ ।

निर्देशक सरिना गुरुङ र प्रोड्युसर टिका बाहादुर, गोल्डेन राई र उर्मिला राई भएको दिल कुमारी राईको ‘रिसिम’ निकै पुरानो फिल्म भएता पनि किराँत राई परम्परा र संस्कृतिलाई जोडदार रुपमा प्रस्तुति गरिएको छ ।

उक्त फिल्म प्रदर्शनी कार्यक्रममा एनआरएनए अमेरीकाका पूर्व अध्यक्ष शिब कुमार राई, न्यूहेम्प्शायर नेपाली समाजका अध्यक्ष सोम गुरुङ, फिप्ना न्युहेम्प्शायरका पूर्वसभापति लोक लामा गोले लगायतका व्यक्तित्वहरुको उपस्थीति रहेको थियो ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार १४:०० मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...