back

अमेरिकी राष्ट्रपतिले स्पष्ट पारे कोरोना जाँच गरेको कुरा, २ दिनमै रिर्पोट आउने

वि.सं.२०७६ चैत २ आइतवार

384 

shares
GLOBAL IME AD
NTC AD

२ चैत, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कारोना भाइरस संक्रमण भए÷ नभएको जाँच गराएको स्पष्ट पारेका छन् ।
उनले व्हाइट हाउसमा कोरोना भाइरसको अध्यावधिक दिने क्रममा पत्रकारहरुले ‘तपाईले कोरोना भाइरसको परीक्षण गराउनु भयो ?’ भनि सोधिएको प्रश्नमा ट्रम्पले गत मार्च १३ शुक्रबारको दिन जाँच गरेको बताए ।

उनले यसको नतिजा १–२ भित्र आउने पनि बताए । उनले व्हाइट हाउस आउनु अगाडी आफ्नो शरीरको तापक्रम जाँचिएको समेत बताए । उनलाई कस्तो थियो भनि जिज्ञाशा राख्दा सामान्य रहेको बताए । पत्रकार सम्मेलनको क्रममा राष्ट्रपति ट्रम्पले कोरोना भाइरस महामारीमा काम गरिरहेका सबै व्यक्ति र संगठनहरूका लागि आभार व्यक्त समेत गरेका छन् ।

ट्रम्पको टिप्पणी पछि उपराष्ट्रपति माइक पेन्सले युनाइटेड किंगडम (बेलायत) र आयरल्यान्डबाट सबै यात्रा स्थगित भएको जनाउँदै यो सोमबार मध्यराति देखि लागु गर्ने जानकारी दिए ।

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५७ पुग्यो
अमेरिकामा कोरोना भाइरसबाट मृत्युहुनेको संख्या ५७ पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकाका विभिन्न राज्यमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको र २८३६ जना संक्रमित भएको बताइएको छ । र हाल सम्म ४८ जना संक्रमित मुक्त भएका छन् । अमेरिकाको वाशिंगटन राज्यमा हालसम्म मृत्यु हुनेको संख्या ४० पुगेको छ भने न्युयोर्कमा मृत्यु हुनेको संख्या २ पुगेको छ । यसै गरि क्यालिफोर्नियामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

अमेरिकाको कोलोराडोमा १ ,लुजियानामा १,फ्लोरिडामा ३ ,जर्जियामा १ ,न्युजर्सीमा १ ,भर्जि्नियामा १,साउथ डकोटामा १ र क्यान्सस सिटीमा १ गरि कुल ५७ जनाको मृत्यु भएको बताइएको छ ।

वि.सं.२०७६ चैत २ आइतवार ०८:१७ मा प्रकाशित

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा...

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...

गणतन्त्र दिवस मूल समारोह समिति गठन

गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी...

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६...

संसदीय उपसमितिले पेश गरेको प्रतिवेदनमा शिक्षक महासंघ असन्तुष्ट

संसदीय उपसमितिले पेश गरेको प्रतिवेदनमा शिक्षक महासंघ असन्तुष्ट

काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकका सन्दर्भमा संसदीय उपसमितिले...

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले...