back
CTIZAN AD

अमेरिकी राष्ट्रपतिले स्पष्ट पारे कोरोना जाँच गरेको कुरा, २ दिनमै रिर्पोट आउने

वि.सं.२०७६ चैत २ आइतवार

702 

shares

२ चैत, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कारोना भाइरस संक्रमण भए÷ नभएको जाँच गराएको स्पष्ट पारेका छन् ।
उनले व्हाइट हाउसमा कोरोना भाइरसको अध्यावधिक दिने क्रममा पत्रकारहरुले ‘तपाईले कोरोना भाइरसको परीक्षण गराउनु भयो ?’ भनि सोधिएको प्रश्नमा ट्रम्पले गत मार्च १३ शुक्रबारको दिन जाँच गरेको बताए ।

उनले यसको नतिजा १–२ भित्र आउने पनि बताए । उनले व्हाइट हाउस आउनु अगाडी आफ्नो शरीरको तापक्रम जाँचिएको समेत बताए । उनलाई कस्तो थियो भनि जिज्ञाशा राख्दा सामान्य रहेको बताए । पत्रकार सम्मेलनको क्रममा राष्ट्रपति ट्रम्पले कोरोना भाइरस महामारीमा काम गरिरहेका सबै व्यक्ति र संगठनहरूका लागि आभार व्यक्त समेत गरेका छन् ।

ट्रम्पको टिप्पणी पछि उपराष्ट्रपति माइक पेन्सले युनाइटेड किंगडम (बेलायत) र आयरल्यान्डबाट सबै यात्रा स्थगित भएको जनाउँदै यो सोमबार मध्यराति देखि लागु गर्ने जानकारी दिए ।

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५७ पुग्यो
अमेरिकामा कोरोना भाइरसबाट मृत्युहुनेको संख्या ५७ पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकाका विभिन्न राज्यमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको र २८३६ जना संक्रमित भएको बताइएको छ । र हाल सम्म ४८ जना संक्रमित मुक्त भएका छन् । अमेरिकाको वाशिंगटन राज्यमा हालसम्म मृत्यु हुनेको संख्या ४० पुगेको छ भने न्युयोर्कमा मृत्यु हुनेको संख्या २ पुगेको छ । यसै गरि क्यालिफोर्नियामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

अमेरिकाको कोलोराडोमा १ ,लुजियानामा १,फ्लोरिडामा ३ ,जर्जियामा १ ,न्युजर्सीमा १ ,भर्जि्नियामा १,साउथ डकोटामा १ र क्यान्सस सिटीमा १ गरि कुल ५७ जनाको मृत्यु भएको बताइएको छ ।

वि.सं.२०७६ चैत २ आइतवार ०८:१७ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...