back
CTIZAN AD

नेपाली सेना र सिटीइभिटीबीच समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०७६ चैत २ आइतवार

849 

shares

२ चैत, काठमाण्डौं नेपाली सेना र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम (सिटीइभिटी) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
आइतबार भएको उक्त सम्झौतामा नेपाली सेनामा डिप्लोमा इन मेकानिकल र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ (कोटा ४८÷४८) संचालनका लागि सम्झौता भएको सेनाले जनाएको छ ।

नेपाली सेनाका तर्फबाट विद्युत् तथा यान्त्रिक निर्देशनालयका प्राविधिक सहायक रथी भोलानाथ बुढाथोकी र सिटीइभिटीका सदस्य सचिव डा. पुष्प रमण वाग्लेले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रधानसेनापति कमाण्ड निर्देशन मार्ग २०७५ को लक्ष्य नं ५ मा उल्लेख भए बमोजिम नेपाली सेनामा कार्यरत प्राविधिक तथा ट्रेडतर्फका जनशक्तिको कार्यक्षमता वृद्धि गर्ने उद्धेश्य अनुरुप उक्त सम्झौता गरिएको बताइएको छ ।

सिटीइभिटीबाट सम्बन्धन प्राप्त भए पश्चात भक्तपुर खरिपाटीस्थित नेपाली सेनाको विद्युत् तथा यान्त्रिक शिक्षालयमा उक्त शैक्षिक कार्यक्रम संचालन गरिने पनि सेनाले बताएको छ ।

नेपाली सेनामा पहिलोपटक संचालन भएको यस प्रकारको शैक्षिक कार्यक्रमले मध्यमस्तरको दक्ष प्राविधिक जनशक्तिको उत्पादन भई नेपाली सेना तथा समग्र राष्ट्रको प्राविधिक जनशक्तिको आवश्यकता पूर्ति हुनुको साथै नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली को अवधारणामा समेत थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

वि.सं.२०७६ चैत २ आइतवार १८:०३ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...