back

नेपाली सेना र सिटीइभिटीबीच समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०७६ चैत २ आइतवार

510 

shares
GLOBAL IME AD
NTC AD

२ चैत, काठमाण्डौं नेपाली सेना र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम (सिटीइभिटी) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
आइतबार भएको उक्त सम्झौतामा नेपाली सेनामा डिप्लोमा इन मेकानिकल र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ (कोटा ४८÷४८) संचालनका लागि सम्झौता भएको सेनाले जनाएको छ ।

नेपाली सेनाका तर्फबाट विद्युत् तथा यान्त्रिक निर्देशनालयका प्राविधिक सहायक रथी भोलानाथ बुढाथोकी र सिटीइभिटीका सदस्य सचिव डा. पुष्प रमण वाग्लेले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रधानसेनापति कमाण्ड निर्देशन मार्ग २०७५ को लक्ष्य नं ५ मा उल्लेख भए बमोजिम नेपाली सेनामा कार्यरत प्राविधिक तथा ट्रेडतर्फका जनशक्तिको कार्यक्षमता वृद्धि गर्ने उद्धेश्य अनुरुप उक्त सम्झौता गरिएको बताइएको छ ।

सिटीइभिटीबाट सम्बन्धन प्राप्त भए पश्चात भक्तपुर खरिपाटीस्थित नेपाली सेनाको विद्युत् तथा यान्त्रिक शिक्षालयमा उक्त शैक्षिक कार्यक्रम संचालन गरिने पनि सेनाले बताएको छ ।

नेपाली सेनामा पहिलोपटक संचालन भएको यस प्रकारको शैक्षिक कार्यक्रमले मध्यमस्तरको दक्ष प्राविधिक जनशक्तिको उत्पादन भई नेपाली सेना तथा समग्र राष्ट्रको प्राविधिक जनशक्तिको आवश्यकता पूर्ति हुनुको साथै नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली को अवधारणामा समेत थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

वि.सं.२०७६ चैत २ आइतवार १८:०३ मा प्रकाशित

विश्व पौडेलमा के त्यस्तो जादुु छ ? सेयर बजारमा उछाल ल्याउने !

विश्व पौडेलमा के त्यस्तो जादुु छ ? सेयर बजारमा उछाल ल्याउने !

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको...

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र...

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा...

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

काठमाडौँ । तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा भएको खुकुरी...

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

टोकियो । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा...

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...