back

स्पेनमा कोरोनाको कहरः १५ दिने संकटकाल घोषणा, हेर्नुहोस् के गर्न पाइन्छ र के गर्न पाइन्न ?

वि.सं.२०७६ चैत २ आइतवार

705 

shares
GLOBAL IME AD
NTC AD

२ चैत, स्पेन । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले यतिबेला विश्वव्यापी रुपमा आफ्नो रुप फैलाएको छ । विभिन्न देशले भाइरस संक्रमणबाट आफ्ना जनतालाई बचाउनका लागि विभिन्न तयारी गरिरहेका छन् ।

यसैबीच स्पेनले आजदेखि १५ दिनसम्मका लागि संकटकाल घोषणा गरेको छ ।

स्पेनका प्रधानमन्त्री Pedro Sánchez ले स्पेनमा १५ दिनको सङकटकाल घोषणा गर्दै सम्पूर्ण स्पेनबासी जनतालाई आ–आफ्नो घरभित्र बसिदिन अनुरोध गरेका छन् ।

शनिबार मध्यरातिबाट लागू भएको संकटकाल अबधिभर कोही पनि जनता बाहिर निस्कन नपाउने र यदि बाहिर निस्कनै परेको अवस्थामा यी कुरामा ध्यानदिनु पर्ने बताइएको छ ।

१- खाने कुरा किन्न जान पाईन्छ ।

२- औषधी किन्न जान पाईन्छ ।

३- बैंकमा पैसा झिक्न जान पाईन्छ ।

४ -काममा जान पाईन्छ ।

५- हस्पिटल जान पाईन्छ ।

६- परिवार बिमारी भएको खन्डमा र बाहिरी सहयोग चाहिएमा सहयोग गर्न जान पाईन्छ ।

७- घरपालुवा जनावर (कुकर, बिरालो.. इत्यादि) केही समय घुमाउनका लागि जान पाईनेछ तर यीसबै कार्यका लागि बाहिर निस्कनु परेमा एक्लै जानुपर्ने र एकअर्कामा कम्तिमा एक मिटरको दूरीमा रहनुपर्ने समेत बताइएको छ ।

यदी यी नियम पूरा गरि काम गरेमा १५ दिनको तलब सरकारले दिने समेत बताइएको छ भने सम्पूर्ण नियम पूरा गÞरि ब्यबसाय संचालन गर्नेलाई १५ दिनको लागी कर छुटको व्यवस्था समेत गरिएको छ ।

यदि कोही इमरजेन्सी बिरामी पर्यो भने डाक्टरलाई फोन गरेमा घरमै सेवा गर्न आऊने पनि बताइएको छ ।

संसारका १५५ देशमा फैलिएको कोरोना भाइरसले यतिबेला विशेषत युरोपियन देशहरुलाई आफ्नो चपेटामा पारिरहेको छ । यसले सबैभन्दा बढी प्रभाव इटालीमा पारेको छ । इटालीमा करोडौ जनता घरभित्रै क्वारेन्टाइनमा बसिरहेका छन् भने हालसम्म सम्म यसले इटालीमा १४ सय ४१ जनाको ज्यान लिइसकेको छ भने चीनसहित विभिन्न देशमा यसले ५००० बढीको ज्यान लिइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । स्पेनमा अहिलेसम्म १९६ जनाको मृत्यु भइसकेको छ भने ६ हजार ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ ।

वि.सं.२०७६ चैत २ आइतवार १७:१९ मा प्रकाशित

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

काठमाडौँ । महिलाले लगाउने भित्रि वस्त्र ‘ब्रा’ले स्तनको आकारलाई सन्तुलनमा...

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

ढाका । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक...

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म...

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत...

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

बेइजिङ । बेइजिङ र वासिङ्टनले उनीहरूको व्यापार युद्धको एक प्रमुख...