back
CTIZAN AD

स्पेनमा कोरोनाको कहरः १५ दिने संकटकाल घोषणा, हेर्नुहोस् के गर्न पाइन्छ र के गर्न पाइन्न ?

वि.सं.२०७६ चैत २ आइतवार

1.2K 

shares

२ चैत, स्पेन । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले यतिबेला विश्वव्यापी रुपमा आफ्नो रुप फैलाएको छ । विभिन्न देशले भाइरस संक्रमणबाट आफ्ना जनतालाई बचाउनका लागि विभिन्न तयारी गरिरहेका छन् ।

यसैबीच स्पेनले आजदेखि १५ दिनसम्मका लागि संकटकाल घोषणा गरेको छ ।

स्पेनका प्रधानमन्त्री Pedro Sánchez ले स्पेनमा १५ दिनको सङकटकाल घोषणा गर्दै सम्पूर्ण स्पेनबासी जनतालाई आ–आफ्नो घरभित्र बसिदिन अनुरोध गरेका छन् ।

शनिबार मध्यरातिबाट लागू भएको संकटकाल अबधिभर कोही पनि जनता बाहिर निस्कन नपाउने र यदि बाहिर निस्कनै परेको अवस्थामा यी कुरामा ध्यानदिनु पर्ने बताइएको छ ।

१- खाने कुरा किन्न जान पाईन्छ ।

२- औषधी किन्न जान पाईन्छ ।

३- बैंकमा पैसा झिक्न जान पाईन्छ ।

४ -काममा जान पाईन्छ ।

५- हस्पिटल जान पाईन्छ ।

६- परिवार बिमारी भएको खन्डमा र बाहिरी सहयोग चाहिएमा सहयोग गर्न जान पाईन्छ ।

७- घरपालुवा जनावर (कुकर, बिरालो.. इत्यादि) केही समय घुमाउनका लागि जान पाईनेछ तर यीसबै कार्यका लागि बाहिर निस्कनु परेमा एक्लै जानुपर्ने र एकअर्कामा कम्तिमा एक मिटरको दूरीमा रहनुपर्ने समेत बताइएको छ ।

यदी यी नियम पूरा गरि काम गरेमा १५ दिनको तलब सरकारले दिने समेत बताइएको छ भने सम्पूर्ण नियम पूरा गÞरि ब्यबसाय संचालन गर्नेलाई १५ दिनको लागी कर छुटको व्यवस्था समेत गरिएको छ ।

यदि कोही इमरजेन्सी बिरामी पर्यो भने डाक्टरलाई फोन गरेमा घरमै सेवा गर्न आऊने पनि बताइएको छ ।

संसारका १५५ देशमा फैलिएको कोरोना भाइरसले यतिबेला विशेषत युरोपियन देशहरुलाई आफ्नो चपेटामा पारिरहेको छ । यसले सबैभन्दा बढी प्रभाव इटालीमा पारेको छ । इटालीमा करोडौ जनता घरभित्रै क्वारेन्टाइनमा बसिरहेका छन् भने हालसम्म सम्म यसले इटालीमा १४ सय ४१ जनाको ज्यान लिइसकेको छ भने चीनसहित विभिन्न देशमा यसले ५००० बढीको ज्यान लिइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । स्पेनमा अहिलेसम्म १९६ जनाको मृत्यु भइसकेको छ भने ६ हजार ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ ।

वि.सं.२०७६ चैत २ आइतवार १७:१९ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...