
३ चैत, काठमाण्डौं । नेपालस्थित अमेरिकी दूतावासले भोलीदेखि केही समयका लागि भिसा स्थगित गर्ने निर्णय गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण भोली (चैत ४ गते ) अर्थात् मार्च १७ देखि केही समयका लागि दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू केही समयका लागि स्थगित गरेको जानकारी दिएको छ ।
त्यस्तैMRV शुल्क तिरिसकेका आवेदकको हकमा भने त्यो शुल्क तिरेको मितिदेखि एक वर्ष सम्म मान्यता दिइने समेत दूतावास द्धारा जारी सूचनामा बताइएको छ ।
यद्यपी कुनै व्यक्तिलाई अमेरिका जानुनै पर्ने आवस्यकता भएमा आपतकालिन अप्लाई गर्न सकिने समेत जानकारी दिइएको छ । त्यसका लागि [email protected] मा राखिएको निर्देशन पालना गर्नुपर्ने बताइएको छ ।
वि.सं.२०७६ चैत ३ सोमवार १३:१४ मा प्रकाशित