
४ चैत, काठमाण्डौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का बारेमा सरकारले नेपालस्थित कुटनीतिज्ञहरुसँग छलफल गरेको छ ।
सोमबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको अध्यक्षतमा परराष्ट्रमन्त्रालयमा बसेको बैठकमा परराष्ट्र सचिव शंकरदास बैरागीले नेपालले कोरोना भाइरस संक्रणका विरुद्ध लड्नका लागि गरिएका तयारीका बारेमा ब्रिफिङ गरेका थिए ।
विभिन्न देशका १० राजदूत र दूतावासका स्वास्थ्य विभागका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त बैठकमा कुटनीतिज्ञहरुको न्युन उपस्थिति रहेको र छिमेकी भारत, चीन तथा अमेरिकी राजदूत भने उपस्थित नभएको स्रोतले बताएको छ ।
छलफलमा उपस्थित अधिकांश प्रतिनिधिले नेपालले, नेपाल आउने सम्बन्धीत देशका नागरिकले कोरोना भाइरस नलागेको सर्टिफिकेट माग गरेकोमा आपत्ति जनाएका थिए । उनीहरुले कुनैपनि मुलुकले कोरोना नलागेको भन्ने छुट्टै सर्टिफिकेट नदिने तर स्वास्थ्य सर्टिफिकेट दिन सक्ने हुनाले यस्तो निर्णयमा सरकारले पुनःध्यान दिन सुझाव दिएका थिए ।
वि.सं.२०७६ चैत ४ मंगलवार ०८:१२ मा प्रकाशित