back
CTIZAN AD

कोभिड-१९ बारे छलफल गर्न सरकारले बोलायो कुटनीतिज्ञ, स्वास्थ्य सर्टिफिकेटबारे ध्यान दिन सुझाव

वि.सं.२०७६ चैत ४ मंगलवार

831 

shares

४ चैत, काठमाण्डौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का बारेमा सरकारले नेपालस्थित कुटनीतिज्ञहरुसँग छलफल गरेको छ ।

सोमबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको अध्यक्षतमा परराष्ट्रमन्त्रालयमा बसेको बैठकमा परराष्ट्र सचिव शंकरदास बैरागीले नेपालले कोरोना भाइरस संक्रणका विरुद्ध लड्नका लागि गरिएका तयारीका बारेमा ब्रिफिङ गरेका थिए ।

विभिन्न देशका १० राजदूत र दूतावासका स्वास्थ्य विभागका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त बैठकमा कुटनीतिज्ञहरुको न्युन उपस्थिति रहेको र छिमेकी भारत, चीन तथा अमेरिकी राजदूत भने उपस्थित नभएको स्रोतले बताएको छ ।

छलफलमा उपस्थित अधिकांश प्रतिनिधिले नेपालले, नेपाल आउने सम्बन्धीत देशका नागरिकले कोरोना भाइरस नलागेको सर्टिफिकेट माग गरेकोमा आपत्ति जनाएका थिए । उनीहरुले कुनैपनि मुलुकले कोरोना नलागेको भन्ने छुट्टै सर्टिफिकेट नदिने तर स्वास्थ्य सर्टिफिकेट दिन सक्ने हुनाले यस्तो निर्णयमा सरकारले पुनःध्यान दिन सुझाव दिएका थिए ।

 

वि.सं.२०७६ चैत ४ मंगलवार ०८:१२ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...