back
CTIZAN AD

पोम्पेओको इराकलाई चेतावनी – आक्रमणको आवश्यक बदला लिने

वि.सं.२०७६ चैत ४ मंगलवार

891 

shares

४ चैत, वासिङ्टन (रासस/एएफपी) । इराकस्थित अमेरिकी सैनिक आधार शिविरमा श्रृङ्खलावद्ध घातक रकेट आक्रमण भएकोप्रति अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सोमबार चासो व्यक्त गर्दै इराकलाई अमेरिकी नागरिकमाथिको कारबाही रोक्न आग्रह गरेका छन् । उनले अमेरिकाले इराकस्थित अमेरिकी सैन्य शिविरमा भएका आक्रमणको आवश्यक बदला लिने चेतावनी दिए ।

इराकी प्रधानमन्त्री अदेल अब्देल मेहदीसँग आइतबार टेलिफोन वार्ता गर्दै पोम्पेओले भन्नुभयो, “हामीले अमेरिकी नागरिकको जीवनमाथिको आक्रमण र चेतावनीलाई सहन बाध्य हुने छैनाँै ।” “इराकी सरकारले जिहादी समूहको आक्रमणबाट सुरक्षा र सहयोगका लागि त्यहाँ तैनाद अमेरिकी सैनिक गठबन्धनको रक्षार्थ सहकार्य गर्नुपर्छ,” अमेरिकी विदेशमन्त्रालयले वार्ताबारे जानकारी दिन सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

बग्दादको उत्तरी क्षेत्रमा रहेका इराकी सैन्य शिबिरमा विदेशी (अमेरिकी) सेना तैनाद गरिएको छ भने त्यहाँ इराकी विद्रोही समूहबाट निरन्तर श्रृङ्खलावद्ध आक्रमण प्रयास हुने गरेका छन् । गत साता भएका रकेट आक्रमणमा अमेरिकी सेनाका दुई सैनिकको मृत्यु भएको थियो भने त्यसपछि पनि आक्रमणको श्रृङ्खला नरोकिएको अमेरिकाको दावी रहेको छ ।

वि.सं.२०७६ चैत ४ मंगलवार ०८:११ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...