back
CTIZAN AD

असीनाका कारण ज्यान गुमाएका परिवारलाई राहत दिइने

वि.सं.२०७६ चैत ५ बुधवार

648 

shares

५ चैत, रुपन्देही । गत फागुन ३० र चैत १ गते अविरल वर्षासँगै परेको असिनाका कारण ज्यान गुमाएका परिवारलाई प्रदेश ५ सरकारले राहत दिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले असिनाका कारण प्रदेशका १२ वटै जिल्लामा भएको क्षतिको यकिन विवरण सङ्कलन गरी राहत प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए । कृषि ज्ञान केन्द्र र स्थानीय तहमार्फत सम्बन्धित वडाको प्रभावित क्षेत्रको जनधनको क्षतिको विवरण माग गरिएको उनीले बताए ।कृषि उत्पादनमा भएको क्षतिको यकिनका लागि प्रदेशका सबै प्रजिअको नेतृत्वमा समिति गठन गरी अनुगमन गरी तत्काल विवरण ल्याउन निर्देशन जारी गरिएको प्रवक्ता चौधरीले पत्रकार सम्मेलनमा जानकारी गराए ।

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा असिनाका कारण १० वर्षीय बालकको ज्यान गएको थियो भने अर्घाखाँचीको भूमिकास्थानमा शनिबार राति परेको भीषण वर्षापछि आएको खोलाले बगाएर एकजनाको मृत्यु भएको थियो ।मन्त्रिपरिषद बैठकले प्रदेश ५ को सञ्चार परिषद् गठन तथा सञ्चालन गर्ने व्यवस्था गर्न बन्ने विधेयक तर्जुमा सम्बन्धमा तयार गरिएको अवधारणापत्रलाई स्वीकृत गरेको छ ।

सङ्घ र प्रदेशको साझा अधिकारको सूचीमा रहेको सो व्यवस्थाअनुसार सञ्चारमाध्यमको दर्ता अनुमति, आचारसंहिता निर्धारण र अनुगमन, अभिलेखाङ्कन, वर्गीकरण, सञ्चालन र नियमन गर्नका लागि सो प्रस्तावलाई स्वीकृत गरिएको सरकारका प्रवक्ता चौधरीले जानकारी गराए ।

सरकारले दाङको लमहीमा अस्थायी ऊर्जा कार्यालय स्थापना गरी प्रदेशका सबै जिल्लालाई हेर्ने गरी कार्य सञ्चालन गर्न स्वीकृति प्रदान गरेको हो । बैठकले प्रदेश ५, सहकारी नियमावली, २०७६ लाई स्वीकृत गर्दै भूमि व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकको अवधारणापत्रलाई समेत सैद्धान्तिक स्वीकृति दिएको छ । यसैगरी जीवनाशक विषादी व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकको अवधारणापत्रलाई समेत सरकारले स्वीकृति प्रदान गरेको प्रवक्ता चौधरीले जानकारी दिए । (रासस)

वि.सं.२०७६ चैत ५ बुधवार ०८:५७ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...