५ चैत, काठमाण्डौं । हालै भएको एक घटनाका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी रुष्ट भएको समाचार प्राप्त भएको छ ।
सार्वजनिक समाचार अनुसार गत चैत्र २ गते विहानै खुमलटार पुगेका प्रदेश प्रमुखहरुसँग राष्ट्रपति चिढिएको बताइएको छ । ७ वटै प्रदेशका प्रमुखहरुले मर्यादाक्रम मिलाउन र सेवा सुविधा बढाउन प्रधानमन्त्रीसँग पनि भेट्ने पहल गर्ने क्रममा उनीहरु खुमलटार गएको बताइएको छ ।
बुधबार साप्ताहिकको समाचारका अनुसार प्रदेशका राष्ट्रपति मानिने प्रदेश प्रमुखहरुले राष्ट्रपतिको इच्छा विपरीत ७ बुँदे मागपत्र लिएर खुमलटार पुगेको सूचना तत्कालै राष्ट्रपतिकोमा पुगेको पनि बताइएको छ ।
प्रचण्ड शक्तिमा रहेको र प्रमुख दलको कार्यकारी पार्टी अध्यक्ष भएका तथा पूर्व प्रधानमन्त्री समेत रहेकोमा ‘जान उपर्युक्त हुने’ ठहरका साथ प्रदेश प्रमुखहरु खुमलटार छिरेपनि पदीय मर्यादा कायम नगरेको र राष्ट्रपतिलाई लज्जावोध गराएको समाचार पनि प्रेसित भएको छ ।
वि.सं.२०७६ चैत ५ बुधवार ०८:५८ मा प्रकाशित






























