back
CTIZAN AD

त्रसित नभै परीक्षा दिन शिक्षामन्त्रीको आग्रह

वि.सं.२०७६ चैत ५ बुधवार

675 

shares

५ चैत, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आसन्न माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा त्रसित नभई भाग लिन विद्यार्थीलाई आह्वान गर्दै सबै केन्द्रमा सहायता कक्ष ‘हेल्थ डेस्क’को प्रबन्ध गरिएको जनाएका छन् ।

कोभिड–१९ को सङ्क्रमणको जोखिमप्रति सचेत हुन आग्रह गर्दै मन्त्री पोखरेलले मंगलबार सार्वजनिक गरे अपिलमा परीक्षाका लागि पर्याप्त सावधानीको प्रबन्ध गरिएकाले त्रसित र भयभित हुनु नपर्ने उल्लेख गरे हो । उनीले सङ्क्रमणको रोकथाम गर्नुपर्ने र परीक्षालाई मनोवैज्ञानिक एवं त्रासमुक्त वातावरणमा सम्पन्न गर्नुपर्ने भएकाले विद्यार्थीलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन, माक्सको प्रयोग गर्न, अरूसँग हात नमिलाउन, सकभर भीडभाडमा नजान पुनः स्मरण गराएका छन् ।

मन्त्री पोखरेलको अपिलमा भनिएको छ, ‘विद्यार्थीको पढ्न पाउने हकअधिकार सुरक्षित हुनुपर्छ भन्नेमा सरकार गम्भीर छ । विद्यार्थीको स्वास्थ्य सुरक्षा र बचावट पहिलो प्राथमिकता हो । यसका लागि परिस्थितिको नियमित विश्लेषण गरेर आवश्यक परेमा उच्चस्तरीय समितिबाट निर्णय गरिनेछ तर हाल पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा हुनेछ ।’ सो परीक्षा यही चैत ६ देखि १७ गतेसम्म सञ्चालन हुँदैछ । परीक्षामा कूल चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका छन् । देशभर एक हजार ९९५ केन्द्र निर्धारण गरिएको छ । (रासस)

वि.सं.२०७६ चैत ५ बुधवार ०९:०१ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...