back
CTIZAN AD

अरुको वाल फोहर नर्गन शिक्षाविद् वाग्लेको आग्रह

वि.सं.२०७६ चैत १६ आइतवार

765 

shares

१६ चैत्र, काठमाडौँ । शिक्षाविद् मनप्रसाद वाग्ले अरूको वाल फोहोर पार्ने काम नगरौं भन्छन् । लकडाउनका कारण अहिले हामी सवै परिवारसँग छौं । यो बेला परिवारको सदस्यको क्षमता र रुचिको पहिचान गर्ने सुवर्ण अवसरका रुपमा प्रयोग गर्नु पर्ने उनको भनाइ छ ।

तर केही शिक्षित भनाउँदाहरु नै सामाजिक सञ्जालमा जे पायो, त्यहि पोष्ट गर्ने र मान्छेमा निराशा फैलाउने काम भएको उनी बताउँछन् । त्यस्ता व्यक्तिहरुसँग उनको आग्रह छ ‘सकिन्छ नयाँ रचनात्मक काम गरौँ, सकिंदैन अरूको वाल फोहोर पार्ने काम नगरौं ।’

उनी भन्छन् :
“परिवारका सदस्यहरूको आआफ्नै रुची, जाँगर र क्षमता छन् । यो सुनौलो मौका हाम्रो जीवनमा विरलै पाइन्छ । वास्तबमा भन्ने हो भने यौटा सदस्यले अर्को सदस्यको खुवी के रहेछ भनेर गहिरिएर बुझ्ने सुवर्ण अवसर पनि होर यस्ता खुविलाई तिखार्ने र टल्कने गरी निखार्ने काम यो समयमा हुन सक्छ । र समयको सदुपयोग गर्दै परिवारका सदस्यहरू एकापसमा निकै गतिला सकारात्मक काम गर्न सक्छन् ।

तर विडम्बना, शिक्षित परिवारका मुलीले नै आफ्नो वालमा जे भेटियो आफूले चिनेजानेका सवैको मेसेन्जरमा पठाएर दिन बिताउने गरेको देखियो । पढेलेखेका मानिसले त त्यस्तो सूचना, भिडियो र तस्वीर कत्तिको आधिकारिक हुन्, कमसेकम विश्व स्वास्थ्य संगठनको वेव साइटमा गएर सुनिश्चित गर्नु पर्ने होइन र ? त्यस्ता अनाधिकारिक पोस्ट सेयर गरेर कतै हामीले सर्वसाधारणमा नचाहिँदो त्रास त सिर्जना गरिरहेका छैनौं ? सोचौं  ।

कोरोना भाइरसको बारेमा सामान्य ज्ञान अहिले सवैमा छ । नयाँ परीक्षण वा आसा लाग्दो विकास देखिए मात्रै सेयर गर्ने हो, त्यो पनि एक पटक सुनिश्चित गरेरर सवैले अनुभव गर्नु भएकै होला । कोरोना सम्बन्धी अन्ट सन्ट सूचनाको हाम्रो मेसेन्जरमा दिनहुँ ओइरो लाग्दछ । के हामी शिक्षित वर्गले पनि जनतामा निराशा फैलाउने काम गर्ने होरु सकिन्छ नयाँ रचनात्मक काम गरौँ, सकिंदैन अरूको वाल फोहोर पार्ने काम नगरौं ।”

वि.सं.२०७६ चैत १६ आइतवार १७:१९ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोट । जिल्ला जाजरकोट नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...