back

अरुको वाल फोहर नर्गन शिक्षाविद् वाग्लेको आग्रह

वि.सं.२०७६ चैत १६ आइतवार

375 

shares
GLOBAL IME AD
NTC AD

१६ चैत्र, काठमाडौँ । शिक्षाविद् मनप्रसाद वाग्ले अरूको वाल फोहोर पार्ने काम नगरौं भन्छन् । लकडाउनका कारण अहिले हामी सवै परिवारसँग छौं । यो बेला परिवारको सदस्यको क्षमता र रुचिको पहिचान गर्ने सुवर्ण अवसरका रुपमा प्रयोग गर्नु पर्ने उनको भनाइ छ ।

तर केही शिक्षित भनाउँदाहरु नै सामाजिक सञ्जालमा जे पायो, त्यहि पोष्ट गर्ने र मान्छेमा निराशा फैलाउने काम भएको उनी बताउँछन् । त्यस्ता व्यक्तिहरुसँग उनको आग्रह छ ‘सकिन्छ नयाँ रचनात्मक काम गरौँ, सकिंदैन अरूको वाल फोहोर पार्ने काम नगरौं ।’

उनी भन्छन् :
“परिवारका सदस्यहरूको आआफ्नै रुची, जाँगर र क्षमता छन् । यो सुनौलो मौका हाम्रो जीवनमा विरलै पाइन्छ । वास्तबमा भन्ने हो भने यौटा सदस्यले अर्को सदस्यको खुवी के रहेछ भनेर गहिरिएर बुझ्ने सुवर्ण अवसर पनि होर यस्ता खुविलाई तिखार्ने र टल्कने गरी निखार्ने काम यो समयमा हुन सक्छ । र समयको सदुपयोग गर्दै परिवारका सदस्यहरू एकापसमा निकै गतिला सकारात्मक काम गर्न सक्छन् ।

तर विडम्बना, शिक्षित परिवारका मुलीले नै आफ्नो वालमा जे भेटियो आफूले चिनेजानेका सवैको मेसेन्जरमा पठाएर दिन बिताउने गरेको देखियो । पढेलेखेका मानिसले त त्यस्तो सूचना, भिडियो र तस्वीर कत्तिको आधिकारिक हुन्, कमसेकम विश्व स्वास्थ्य संगठनको वेव साइटमा गएर सुनिश्चित गर्नु पर्ने होइन र ? त्यस्ता अनाधिकारिक पोस्ट सेयर गरेर कतै हामीले सर्वसाधारणमा नचाहिँदो त्रास त सिर्जना गरिरहेका छैनौं ? सोचौं  ।

कोरोना भाइरसको बारेमा सामान्य ज्ञान अहिले सवैमा छ । नयाँ परीक्षण वा आसा लाग्दो विकास देखिए मात्रै सेयर गर्ने हो, त्यो पनि एक पटक सुनिश्चित गरेरर सवैले अनुभव गर्नु भएकै होला । कोरोना सम्बन्धी अन्ट सन्ट सूचनाको हाम्रो मेसेन्जरमा दिनहुँ ओइरो लाग्दछ । के हामी शिक्षित वर्गले पनि जनतामा निराशा फैलाउने काम गर्ने होरु सकिन्छ नयाँ रचनात्मक काम गरौँ, सकिंदैन अरूको वाल फोहोर पार्ने काम नगरौं ।”

वि.सं.२०७६ चैत १६ आइतवार १७:१९ मा प्रकाशित

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको...

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको...

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा...

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...