back
CTIZAN AD

युएई सरकारले ल्यायो यस्तो सुविधा, अब गाडीमै बसेर ५ मिनेटमै कोरोना टेष्ट गर्न सकिने

वि.सं.२०७६ चैत १६ आइतवार

735 

shares

१५ चैत, युएई । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न देशले नयाँ नयाँ प्रयासहरु गरेका छन् ।

खाडी मुलुक युएईले पनि यस्तै एउटा उदाहरणीय काम गरेको छ । अब युएईका जनताले आफूमा कोरोना भाइरस संक्रमण भए/नभएको जाँच गर्नका लागि आफ्नै गाडीमा बसेर जाँच गर्न पाउने भएका छन् । त्यसका लागि जम्मा पाँच मिनेट लाग्ने त्यहाँका संचारमाध्यमले जनाएका छन् ।

आवुधाविको स्वास्थ्य सेवा कम्पनी सेहाले विकसित गरेको यस्तो नयाँ विधिको शनिबार त्यहाँका राजा शेख महम्मद बिन जायद अल नाह्यान (आबुधाविका क्राउन प्रिन्स) तथा युएई सस्त्र बलका सर्वोच्च कमाण्डरले उद्घाटन गरेका हुन् ।
शेख महम्मदले ट्विट गर्दै भनेका छन्, ‘आज मैले भाइरस नियन्त्रण गर्ने उपायहरुको रुपमा सेवाद्धारा स्थापित मोबाइल कोभिड–१९ परीक्षण केन्द्रको भ्रमण गरे । मैदानमा रहेका मेडिकल टीमहरु युएईको संरक्षणको पहिलो लाइन हो । उनीहरुको योगदानले नै हाम्रो स्वाथ्यलाई सुरक्षा दिन्छ ।’

संका लागेकाहरुले कसरी लिने त यो सेवा ?
यसमा संका लागेकाहरुले ८००१७१७ मार्फत् सेवा लिन सक्नेछन् । त्यसपछि उनीहरुलाई पूर्व मुल्यांकन स्क्रीनिङमा भाग लिन अनुरोध गरिन्छ । जहाँ उनीहरुलाई प्रश्न सोधिन्छ । सम्बन्धीत प्रश्नको जवाफ दिएपछि जाँच सुरु गरिन्छ । उक्त सेवमा विशेष गरेर सबैभन्दा जोखिममा पर्नेहरु जस्तै वृद्ध, गर्भवती महिलाहरु वा दीर्घकालिन रोगहरु भएका व्यक्तिहरुलाई विशेष प्राथमिकता दिइनेछ भने यस्ता व्यक्तिहरुका लागि परीक्षण निःशुल्क हुनेछ । तर, आफ्नो इच्छा अनुसार चेक गर्नेका लागि ७० दिरहाम खर्च गर्नुपर्नेछ ।

युएईका राजा शेख महम्मद बिन जायद अल नाह्यानको गाडीमै बसेर स्वाव परीक्षण गरिएको तस्बिर । ऐजेन्सी

वि.सं.२०७६ चैत १६ आइतवार १७:२३ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...