back
CTIZAN AD

कोरोना – भाग ४ 

वि.सं.२०७६ चैत १६ आइतवार

816 

shares

विदुर अधिकारी
भरतपुर महानगरपालिका-१९
रामपुर,चितवन

‘कोरोना’ भय हैन किन्तु भय हून्,हाम्रा त बानीहरू
बानी माध्यम भै यहाँ डसिसक्यो,निर्दोष प्राणीहरू
नौलो मानिस सभ्य भव्य रितको,देख्दा मसक्कै नहून्
पैसामा नबिकून् सचेत रहदै,संजालमा देखियून्। (१)

हातै त्यो नमिलाउनू सजग भै, बातै गरौं सुन्दर
बोल्दामा नजिकै गई नबसनू, धेरै रहोस् अन्तर
धोऊँ साबुनले सफा जतनले,माडेर हातै हरू
खोक्दामा मुख नाक छोप सबले,सर्दैन रोगै अरू। (२)

हल्लाकै भरमा परी नकुदियोस्,त्यो काग भेट्टाउन
आफ्नो अक्कलले तुरुन्त सकियोस्, छामेर ठम्याउन
चिन्ता कत्ति नराखियून् हृदयमा,त्यो दुस्खमा हर्पल
कालो काल कराल रात पछि ता,पक्कै हुने झल्मल। (३)

‘कोरोना’ भय बन्छ अक्सर यहाँ, ध्यानै दिदैनौँ जब
‘कोरोना’ भय हुन्न जान्दछ भने ,त्यो रोकथामै सब
‘कोरोना’ भयमा रहन्छ जहिल्यै,टाठा हुँदा मानिस
‘कोरोना’ तब हाँस्छ त्यो अभयले,लाटा हुँदा मानिस।(४)

खाई टन्न ढिँडो र गुन्द्रुक बरू,बस्दा घरै ढुक्क छ
कोरोना भय मुक्त हुन्छ सहजै,बस्नू नियम् पूर्वक
आफ्नै निम्ति त हो बसौं सजग भै,एकान्तको बासमा
क्वारेन्टाइन त्यो झनै सुखद होस्,कोही नहून् त्रासमा । (५)

(छन्द- शार्दूलविक्रीडित)
https://www.facebook.com/bidur.adhikari.5439/videos/10220136619462470/?t=0

वि.सं.२०७६ चैत १६ आइतवार १७:३८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...