१६ चैत, काठमाण्डौं । महामारीका रुपमा विश्वभरी फैलिएको कोरोना भाइरस कोभिड–१९ बाट संसारभरी ३१ हजार ७ सय ७३ को जनाको ज्यान गएको छ भने ६ लाख ७९ हजार ९१ जना प्रभावित भएका छन् ।
ऐजेन्सीका अनुसार मार्च २९ को नेपाली समय दिउसो ४ बजे सम्मका संसारभरी प्रभावितको संख्या ५ लाख ९६ हजार पुगेको छ भने निको भएर घर फर्कनेको संख्या १ लाख ४६ हजार ३५२ रहेको छ ।
सबैभन्दा धनी र शक्तिसाली देश भनिने अमेरिका कोरोनाको मामिलामा पनि १ नम्बरमै रहेको छ । शनिबार बिहान सम्म त्यहाँको प्रभावित संख्या १ लाख २३ हजार ७८१ जना पुगिसकेको छ भने मृतकको संख्या २२ सय २९ नाघेको छ ।
यसैगरी इटालीमा ९२ हजार ४७२ जना रहेका छन् भने मृतकको संख्या १० हजार नाघिसकेको छ । अर्को बढी प्रभावित देश स्पेनमा ७८ हजार ७ सय ९७ जनामा संक्रमण देखिएको छ भने मृतकको संख्या झण्डै ७ हजार पुगेको छ ।
वि.सं.२०७६ चैत १६ आइतवार १७:५१ मा प्रकाशित




























