चैत्र १६, काठमाण्डौ । नेपालको इतिहांसमै भौतिक दुरी ब्यबस्थापन गर्दै मास्क सहितको क्याबिनेट बैठक चालु छ ।
प्रधानमन्त्रिका प्रेस सल्लाहाकार सुर्य थापाका अनुसार मन्त्रिपरिषदको बैठक बालुवाटारस्थित प्रधानमन्त्रि निवासको सचिवालय हलमा निर्धारित भौतिक दुरी कायम गरी प्रधानमन्त्री र मन्त्रीहरूले मास्क लगाएर नै बसीरहेका छन । पछिल्लो समय सधैजसो बालुवाटारमा बैठक बस्ने गरेको प्रधानमन्त्री निवास रहेको भवनस्थित बैठक कक्षमा स्थानको सीमितताले गर्दा पर्याप्त भौतिक दूरी मिलाउन सकिने गरी ठूलो हलमा बैठक गर्नुपरेको उनले जनाएका छन ।
सो बैठकका निर्णयहरू आजै सरकारका प्रवक्ता सूचना तथा संचार एवं अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष जानकारी गराउने भएकोले NTV LIVE पछ्याउन पनि उनले अनुरोध गरेका छन
वि.सं.२०७६ चैत १६ आइतवार १८:४८ मा प्रकाशित






























