back
CTIZAN AD

अमेरिकामा रहेकी एनआरएनए उपाध्यक्ष रवीना थापाले दिइन् सरकारलाई यस्तो सुझाव

वि.सं.२०७७ वैशाख २७ शनिवार

720 

shares

२७ बैशााख, काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की केन्द्रीय उपाध्यक्ष रविना थापाले कोरोनापछि नेपाल सरकारले तत्कालै गर्नुपर्ने कामहरु बारे सुझाव दिएकी छन् ।

थापाले ७ बुँदे सुझाव दिँदै कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपालीलाई राजदूतावासको समन्वयमा तत्काल देश फर्काउन पहल गरिनुपर्ने, कोरोनाका कारण आउने वेरोजगारी समस्यामा घरेलु उत्पादनलाई बढाएर वेरोजगारको सूची बनाएर उनीहरुलाई दक्षता अनुसारको काम दिइनुपर्ने, सरकारी अस्पताललाई सक्षम र अत्याधुनिक बनाउने, गाउँ गाउँमा सुविधा सम्पन्न स्कुल स्थापना गर्नुका साथै प्रत्येक गाउँमा स–सना उद्योग खोलेर युवालाई गाउँमै रोक्ने वातावरण सिर्जना गर्नुपर्ने लगायतका सुझाव दिएकी छन् ।

कोरोनापछि तत्कालै गर्नुपर्ने केही कामहरुः
१. अहिले भिजिट भिषामा गएका, अध्ययनका लागि गएका, जागिर खान गएका तर बैध कागजपत्र नभएका नेपालीहरु समस्यामा छन् । उनीहरुलाई नेपाल फर्काउने प्रयास तत्कालै थाल्नुपर्ने देखिन्छ । राजदूतावाससँगको समन्वयमा आफ्ना नागरिक फिर्ता गराउनका लागि सरकारसँग मेरो आग्रह छ ।

२. मजदुर, किसान, जागिरबाट हटाईएका, विदेशबाट फर्किएका र अन्य बेरोजगारको ब्यवस्थापन टड्कारो चुनौति बन्ने निश्चित छ । बेरोजगारको सूची बनाएर उनीहरुको दक्षता अनुसारको काम दिने वातावरण बनाउनुपर्छ । ८० को दशकमा नेपालबाट सबैभन्दा बढी निर्यात हुने गलैंचा कारखाना, हिमाली क्षेत्रहरुमा कुटिर उद्योग स्थापना र सञ्चालन, विश्वमा माग हुन सक्ने बस्तु र सेवाहरुको उत्पादन र ब्यापारमा हाम्रो ध्यान केन्द्रित गरिनुपर्छ । जस्तैः कफी, अदुवा, अलैंची जस्ता उत्पादन विश्वबजारमा अत्यधिक माग हुने गरेको छ ।

३. हामीले विश्वबाट सिकेको एउटा नयाँ अनुभव छ । कोरोनाका कारण निजी अस्पताल बन्द गरिए । निजी क्षेत्रलाई यति धेरै विश्वास गरेर सरकारले लगानीमैत्री वातावरण तयार गरिदियो, आज सरकारलाई नै नसुनेर उनीहरुले अस्पतालका ढोकामा ताला ठोकिदिए । हाम्रै नेपालमा पनि वीर अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल नभएको भए के हालत हुन्थ्यो ? तसर्थ यो अवस्थालाई सिकाईको रुपमा लिँदै सरकारी अस्पताललाई सक्षम र अत्याधुनिक बनाउने प्रश्ताव पनि लैजाओस् ।

४. अव नेपालमा स्वास्थ्य र शिक्षा प्रणाली निशुल्क हुनैपर्छ । गाउँगाउँमा सुविधासम्पन्न स्कुल र स्वास्थ्य संस्था स्थापना गरेर सबैलाई गाउँमै बस्ने वातावरण सिर्जना गर्नु आवश्यक छ । प्रत्यक गाउँमा कम्तिमा २० जनाले रोजगारी पाउने गरी साना उद्योग स्थापनामा जोड दिनुपर्छ । सकेसम्म खाद्यान्न आयात घटाउँदै लैजानुपर्छ ।

५-चीनको ग्रेटवाल देशको सुरक्षाका लागि बनाईएको हो तर चीनमा भएका ३ लाख बेरोजगारलाई १० बर्षसम्म यहाँ जागिर दिईएको थियो । यो परियोजना सम्पन्न गर्दासम्म ३० लाख मान्छेले कुनै न कुनै जागिर पाएका थिए भने कतिले श्रमदान पनि गरेका थिए । अन्य देशका ठूला आयोजनाहरु पनि यस्तै संकटपछि निर्माण गरिएका छन् । जसबाट एकातिर बेरोजगारले रोजगारी पाउनेछन् भने सस्तोमा धेरै मजदुर पाउँदा जतिसुकै ठूला आयोजना पनि आँट्न सकिन्छ ।
। नेपालमा पनि कुनै विशेष परियोजना सञ्चालनको परिकल्पना तयार गरियोस्, जसले विश्वको ध्यान नेपालतर्फ खिच्न सकोस् ।

६ -खासगरी कृषि उत्पादनमा जोड दिँदै किसानलाई तत्काल उत्पादन हुने बीउ बिजन वितरण गर्ने र बाँझो जमिन उपयोग गर्ने नीति अंगिकार गरियोस् । जग्गाधनीले खेती नगरे उक्त जग्गा सँधियारेले नै उपयोग गर्न पाउने ब्यवस्थाको माग गरियोस् ।

७- विशेषगरी बेरोजगार यूवाहरुलाई केन्द्रीत गरेर विशेष प्याकेज बनाईयोस् ।

गौतम बुद्धको प्रेरणाले जतिसक्दो छिटो विश्वभर शान्ति छाओस् । सहज रुपमा दैनिकी चलाउन सकियोस् । कोरोनाबाट छुटकारा मिलोस् । बुद्ध पूर्णीमाको सम्पूर्णमा शुभकामना ।

वि.सं.२०७७ वैशाख २७ शनिवार ०८:१२ मा प्रकाशित

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सुनसरी घटना : उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

सुनसरी घटना : उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

ललितपुर । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज र सिरहामा भएका दुःखद...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दी । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ ।...