back
CTIZAN AD

क्वारेन्टाइनमै जन्मिएका जुम्ल्याहा शिशुको स्वाब रिपोर्ट नेगेटिभ

वि.सं.२०७७ जेठ १ बिहीवार

678 

shares

१ जेठ, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा रहेका बेला जन्मिएका जुम्ल्याहा शिशुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

वडा नं १३ निवासी अनिता यादवका दुई छोरीको स्वाब परीक्षण रिपोर्ट आज नेगेटिभ आएको हो । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरुको स्वाब परीक्षण गरिएको हो । यसअघि अनिताको रिपोर्ट ‘नेगेटिभ’ आएको थियो ।

जुम्ल्याहाको तुलसी बाल अस्पताल, तुलसीपुरको आइसियुमा राखेर उपचार भइरहेको छ । तिनले आज अपराह्न आमाको दूध खाएका छन् । उनीहरुलाई आइतबार घर फर्काइने जनाइएको छ । यस्तै दाङका २५ पत्रकारको स्वाब परीक्षण रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । प्रतिष्ठानले आज ९४ जनाको स्वाब परीक्षण रिपोर्ट सार्वजनिक गरेकामा सबैको रिपोर्ट नेगेटिभ आएको कायममुकायम कैलाश देवले बताए । रासस

वि.सं.२०७७ जेठ १ बिहीवार २०:३१ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...