back
CTIZAN AD

प्रदेश नं ५ मा ९५ जनामा कोरोना संक्रमण देखिएसँगै व्यवस्थापनमा समस्या

वि.सं.२०७७ जेठ १ बिहीवार

633 

shares

१ जेठ, रुपन्देही । प्रदेश नं ५ मा कोरोना (कोभिड-१९) संक्रमित बढ्दै गएको छ । जिल्लाका ९५ नागरिकमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आजसम्म रुपन्देहीमा २८, कपिलवस्तुमा ४०, बाँकेमा २५ तथा नवलपरासी र बर्दियामा एकएकजनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए । संक्रमितको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

प्रवक्ता चौधरीका अनुसार बाँकेको सुशील कोइराला प्रखर परोपकार क्यान्सर अस्पतालमा २६ जनाको उपचार भइरहेको छ । यस्तै बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा ३६ र भैरहवाको भीम अस्पतालमा १९ संक्रमितको उपचार भइरहेको छ । रुपन्देहीका एक जना कोरोना संक्रमित भने उपचारपछि निको भई घर फर्किएका छन् ।

अधिकांश संक्रमित रोजगारीका लागि भारत गएका र लुकिछिपी आएकाहरु छन् । बन्दाबन्दीमा पनि रोजगारीका लागि गएकाहरु लुकिछिपी स्वदेश फर्कन थालेपछि प्रदेशका सीमावर्ती क्षेत्र उच्च जोखिममा देखिएका छन् । रुपन्देही, कपिलवस्तु र बाँकेका सीमाबाट अहिले पनि नागरिक भित्रिरहेका छन् । यसबाट यहाँका नागरिकमा त्रास बढेको छ ।

आइसोलेशन बेड अभाव
कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेपछि यहाँ आइसोलेशन बेड अभाव हुने देखिएको छ । प्रदेशका चार अस्पतालमा आइसोलेशन बेड तयार गरिए पनि संक्रमित बढ्दै गएकाले व्यवस्थापनमा समस्या हुने दखिएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता चौधरीले जानकारी दिए । “संक्रमितको संख्या बढ्यो भने अब राख्न गाह्रो छ । भएका बेड सबै संक्रमित राख्न सकिने खालका छैनन्, थप बेडका लागि प्रक्रिया शुरु भए पनि तयार हुन समय लाग्छ”, उनले भने । तत्कालका लागि सम्बन्धित जिल्लामै संक्रमितको उपचारको व्यवस्था मिलाइने प्रवक्ता चौधरीले बताए ।

प्रदेश सरकारले बुटवलमा आइसोलेशन बेड थप गर्ने प्रक्रिया शुरु गरे पनि समय लाग्ने देखिएको छ । कोरोनाले प्रदेशमा महामारीको रुप लियो भने प्रदेशले थेग्न सक्ने अवस्था नरहेको स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्था नमूना एकीकृत विकास परिषद् रुपन्देहीका अध्यक्ष ज्ञानु पौडेल बताउँछन् । प्रदेशमा बुटवल धागो कारखाना, भीम अस्पताल भैरहवा, केन्द्रीय आयुर्वे्दिक अस्पताल बेलझुण्डी दाङ र सुशी कोइराला प अस्पताल नेपालगञ्जमा कोरोना संक्रमितका लागि २३० आइसोलेशन बेड तयार गरिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख डा.उमाशङ्करप्रसाद चौधरीले कोभिड-१९ संक्रमितको उपचारका लागि शय्या अपुग हुनेमा मन्त्रालय जानकार रहेको बताउँदै बुटवलको धागो कारखानामा २०० शय्या थप्ने तयारी भएको जानकारी दिए ।
उपचारमा समस्या

बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पताल कोभिड–१९ सङ्क्रमितले भरिएपछि बिरामी राख्न समस्या देखिएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि स्थापित आइसोलेशन अस्पताल स्वास्थ्य अवस्था सामान्य सङ्क्रमितले भरिएपछि जटिल अवस्थाका बिरामी फेला परे उनीहरुको व्यवस्थापन र उपचारमा समस्या देखिएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले बताए ।
उनले स्वास्थ्यवस्था सामान्य सङ्क्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा अन्यत्रै व्यवस्थापन गरेर राख्दा पनि समस्या नहुने बताए । हाल नेपालगञ्जका २५ र बर्दियाका एक गरी २६ सङ्क्रमित आइसोलेशन अस्पतालमा भर्ना भएका छन् । कोरोना सङ्क्रमितलाई उपचारकोलागि सुशील कोइराला अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरेर ६ शय्या आइयियु र ३ शय्या भेन्टिलेटरसहित ४० शय्या बनाइएको थियो ।

सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई समेत त्यहीँ बस्ने व्यवस्था गरिएकाले अब थप सङ्क्रमितलाई अस्पतालमा राख्न कठिन हुने खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । प्रदेश सरकार, भेरी अस्पताल नेपालगञ्ज र खजुरा गाउँपालिकाको सहकार्यमा खजुरास्थित क्यान्सर अस्पताललाई कोरोना विशेष आइसोलेशन अस्पताल बनाइएको थियो । भेरी अस्पतालका प्रमुख डा थापाको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन भइरहेका छन् । अहिले उक्त अस्पतालमा १६ स्वास्थ्यकर्मीको टोली सङ्क्रमितको उपचारमा खटिएको डा थापाले जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाले लायन्स डेन्टल अस्पतालसँगको सहकार्यमा २५ शय्याको आइसोलेशन अस्पताल तयार गरिए पनि सञ्चालन हुन सकेको छैन । त्यहाँ खजुराको जस्तो सुविधा नभएका कारण सङ्क्रमित राखिएको छैन । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले सङ्क्रमितले आइसोलेशन अस्पताल भरिन लागेपछि थप व्यवस्थापनको आवश्यकता देखिएको बताए । रासस

वि.सं.२०७७ जेठ १ बिहीवार २०:१३ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...