back
CTIZAN AD

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

वि.सं.२०७७ जेठ ९ शुक्रवार

1.2K 

shares

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको संख्या दिनहुँ बढेको छ ।
बाँकेको बाँकेको खजुरा गाउँपालिकामा रहेको शुसील कोइराला क्यान्सर प्रखर अस्पतालबाट आज २१ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

अस्पतालका अनुसार उनीहरु २१ दिनको अस्पताल बसाईपछि घर फर्किएका हुन् । उनीहरुलाई साबधानी अपनाउन भन्दै घरमा रहँदा पालना गर्नुपर्ने नियमहरुको निर्देशिका पनि दिइएको छ । उनीहरुलाई दुईवटा एम्बुलेन्समा घर पठाइएको हो ।

निको हुनेमा बाँके नेपालगन्ज  ८ का पहिलो संक्रमित ६० वर्षीय पुरुष लगायत २१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनीहरुको लगातार गरिएको दोश्रो रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

कोरोना संक्रमणबाट मुक्त भएर फर्किएकाहरुले अस्पतालको व्यवस्थापन चुस्त दुरुस्त रहेको बताउँदै अस्पतालको सेवा सुविधाप्रति खुसी व्यक्त गरेका थिए । सोहि अस्पतालमा अन्य चारजनाको उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । बाँकेमा हालसम्म १०१ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरुमध्ये आज २१ जना घर फर्किएका हुन् ।

बाँकेमा संक्रमित भएका १२१ मध्ये एक २५ वर्षीय युवाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको भइ घर फर्कनेको संख्या ७० पुगेको छ ।

फाइल फोटो

वि.सं.२०७७ जेठ ९ शुक्रवार ११:५७ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...