back
CTIZAN AD

भारतका विभिन्न क्वारेन्टिनमा रहेका झण्डै हजार युवालाई नेपाल पठाइयो

वि.सं.२०७७ जेठ १० शनिवार

753 

shares

१० जेठ, भारत । भारतका विभिन्न क्षेत्रमा झण्डै ४० दिनदेखि क्वारेन्टिनमा रहेका १ हजारभन्दा धेरै नेपालीहरुलाई विभिन्न ४ सीमाबाट नेपाल भित्राइएको छ ।

नेपाल सरकारले भारतलगायत विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता गर्न गृहकार्य गरिरहेका बेला क्वारेन्टिन अवधि पूरा गरेर पनि विभिन्न शिविरमा रहन बाध्य नेपालीहरुलाई दिल्लीमा रहेका युवा नेताहरु सन्दीप राना र आर.बी. खड्काको बिशेष पहलमा भारतीय स्थानिय प्रशासन र नेपाली स्थानिय जनप्रतिनिधिको समन्वयमा नेपाल पठाइएको हो ।

क्वारेन्टिन अवधि पूरा गरिसकेका नेपालीहरुलाई नेपाल फिर्ता पठाउनुपर्छ भन्दै आफूहरुले गत मंगलबारदेखि अभियाननै चलाएर उनिहरुलाई नेपाल फर्काउने काम गरेको अखिल भारत नेपाली एकता मञ्चका सचिव आर.बी. खड्काले बताए ।

भारतमा रहेका नेपालीहरुको समस्यामा यहाँका सबै संघ संस्था र जनवर्गीय संगठनहरुको एक रहेको भन्दै खड्काले यस अभियानमा सहयोग गर्ने प्रवासी नेपाली एकता मंच भारतका संयोजक लोकनाथ भण्डारी, सहसंयोजक इश्वरी भण्डारी, नेपाली जनसम्पर्क समिति अध्यक्ष बाल कृष्ण पाण्डे, अखिल भारत नेपाली एकता मंचका केंद्रीय उपाध्यक्ष राजेन्द्र शर्मा, प्रवासी नेपाली संघ भारतका केंद्रीय महासचिब डम्बर रावल , प्रवासी नेपाली संघ भारत केंद्रीय सचिवालय सदस्य हरि प्रसाद घिमिरे, महाराष्ट्रमा रहेका अखिल भारत नेपाली एकता मंच केंद्रीय सचिब मोहन देवकर, केंद्रीय सचिब गिरधरी सुबेदी ,
केंद्रीय सचिब ऐन रावल कर्नाटक र अखिल भारत नेपाली एकता मंच केंद्रीय सदस्य भानु बजगाई , जीवन शर्मा र समाजसेवी दिपक जीसी, बिद्यार्थी नेता अम्बिका जोशी र नेता सुधन महतको सञ्चारकर्मी अर्जुन खनाल, मित्र मंच रगुनाथ पाण्डे, नेपाली दूतावास नई दिल्ली लगायत भारतमा रहेका सबै संघ सङ्गठनहरूलाई सहयोगका लागि पनि धन्यवाद दिएका छन् ।

 

 

वि.सं.२०७७ जेठ १० शनिवार ११:२६ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...