back
CTIZAN AD

यस्तो छ सुदुरपश्चिम प्रदेशको वार्षिक नीति तथा कार्यक्रम(हेर्नुस् विस्तृतमा )

वि.सं.२०७७ जेठ १९ सोमवार

936 

shares

१९ जेठ, काठमाडौँ । सुदरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख सर्मीला कुमारी पन्तद्वारा सुदुरपश्चिम प्रदेश सरकारको तर्फबाट प्रदेश सभामा प्रस्तुत गरिएको सरकारको वार्षिक नीति तथा कार्यक्रममा उत्पादन, उत्पादकत्व, रोजगारी एवम् आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नेतर्फ परिलक्षित हुने जनाइएको छ ।

प्रदेशको खाद्या तथा पोषण सुरक्षा सुनिश्चित गर्न ‘नमुना गाउँ आफै बनाउँ’ कार्यक्रमलाई निरन्तरता दिई सहकारी तथा निजी क्षेत्रलाई कृषि उत्पादनतर्फ प्रोत्साहित गर्दै जग्गाको चक्लाबन्दी, कृषि व्यवसायीकरण र आधुनिकीकरणमार्फत कृषि उत्पादकत्व वृद्धिका कार्यक्रमहरु सञ्चालन गरिने नीति तथा कार्यक्रममा राखिएको छ ।

कृषिको व्यवासायीकरणका लागि करार, समूह, पट्टा कृषि व्यवसाय प्रणाली र सहकारी खेतीको लागि एकीकृत भूमि व्यवस्थापन प्रणालीलाई प्रोत्साहन गरिने, भूमिहिन र व्यवसायीक कृषकहरुलाई कृषि पेशामा सहयोग पु¥याउन भूमि बैंकको स्थापना गरिने, जैविक विषादीको प्रयोगलाई बढावा दिई रासायनिक विषादीको प्रयोगलाई प्रतिस्थापन गर्ने नीति लिइने लगायतका कार्यक्रम रहेका छन् ।

स्वास्थ्य सेवा, खाद्य सुरक्षा र आपूर्तिको प्रभावकारी व्यवस्था गरी जनतालाई ‘रोगबाट बचाऔँ, भोकबाट जोगाऔँ’ अभियान सञ्चालन गरिने बताइएको छ ।

प्रदेश स्तरमा एम्बुलेटोरी क्लिनिक सहितको प्रादेशिक विज्ञ भेटेनरी परामर्श अस्पताल र बाली संरक्षण एम्बुलेन्स स्थापना गरी सञ्चालनमा ल्याइने भनिएको छ ।

त्यस्तै कृषकसँग कृषि विद्यार्थी’ कार्यक्रम सञ्चालन गरी कृषि अध्ययनसँगै आयआर्जन तथा कृषि प्रसारलाई थप टेवा दिइने कार्यक्रम ल्याइने योजनामा पारिएको छ ।

छिमेकी तथा तेस्रो मुलुकबाट रोजगारी गुमाई स्वदेश फर्केका नागरिकहरुको ज्ञान, सीप र क्षमता प्रयोग गरी कृषि तथा गैर कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गरिने जनाइएको छ ।

त्यस्तै स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमुलक साना तथा मझौला उद्योग र प्रदेशमा सञ्चालन हुने तथा साना तथा मझौला व्यवसायको उत्पादन अभिवृद्धि गरी अर्थतन्त्रमा योगदान पु¥याउन त्यस्ता उद्योगहरुले उत्पादन र सिर्जना गरेको रोजगारीसहितको परिणामको आधारमा उद्यमीहरुलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याइने कार्यक्रममा उल्लेख छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र रहेको व्यास गाउँपालिकाको विकासलाई ध्यानमा राखी त्यस क्षेत्रको जनताको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याइने र अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा बसोबास गर्ने जनसमुदायका लागि सामाजिक सुरक्षा र विकासका कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिने सरकारको योजना रहेको छ ।

वि.सं.२०७७ जेठ १९ सोमवार १९:५४ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...