
१९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक पाल्पाका २ जनासहित थप १३ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लोपटक थपिएका १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरुष, नवलपरासी सरावल गाउँपालिकामा ६ वर्षीय बालक, गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरुष, कपिलवस्तुका १९, २१, २६, २६, २७, ३५ र ४० वर्षीय पुरुष र रुपन्देहीको गैडहवा गाउँपालिकाका ३ वर्षीया बालिका र ५४ वर्षीय पुरुष रहेका छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।