१९ जेठ, काठमाण्डौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पछिल्लो समय केही जिल्लामा नेपाली किसानले उत्पादन गरेको तरकारी जफत गरेर नष्ट गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्ता कार्यहरुले कृषकको मनोबल घट्ने र पुनः आयातकै भरपर्नु पर्ने हुनाले कृषकका उत्पादनको सहज रुपमा ढुवानी र बिक्रि वितरणको व्यवस्था मिलाउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।
‘हालसालै केही स्थानमा अन्यत्र जिल्लामा उत्पादित वस्तुहरुको ढुवानी र विक्रि वितरण गर्न नदिइ जफत गरी नष्ट गरिएको समाचारहरु प्रकाशन भएको सन्दर्भमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यहरुले कृषकहरुको उपज खेर जाने मात्र नभै कृषकहरुको मनोबल खस्कने, उत्पादन घट्ने र पुनः आयातकै भर पर्नुपर्ने अवस्था सिर्जना गराउँछ ।’

वि.सं.२०७७ जेठ १९ सोमवार २१:१४ मा प्रकाशित






























