back
CTIZAN AD

कर्णाली प्रदेशमा ४८९ जनामा कोरोना संक्रमण, दैलेखमा मात्रै ३०१ जना संक्रमित

वि.सं.२०७७ जेठ २३ शुक्रवार

1.2K 

shares

२३ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा कोभिड-१९ बाट संक्रमित हुनेको कुल संख्या ४८९ पुगेको छ ।  सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटीपिसिआरबाट ९७ र कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको आरटीपिसिआर परीक्षणबाट तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज कोरोना पुष्टि भएकामा दैलेखका दुल्लु नगरपालिकाका २७ र महाबु गाउँपालिकाका ६४ जना भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार महाबु– २ मा मात्र दुई महिलासहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी जुम्ला, चन्दननाथ नगरपालिकाका तीन, हुम्ला चंखेली गाउँपालिकाको एक, सुर्खेत पञ्चपुरी नगरपालिकाको एक, जाजरकोट भेरीनगरपालिकाको एक, दोलखा तामाकोशी गाउँपालिकाको एक, रामेछाप दोरोम्बा गाउँपालिकाको एक र गोरखा, आरुघाट गाउँपालिकाको एक गरी १०० जनामा संक्रमण पुष्टि भएको महाशाखा प्रमुख डा तिवारीले जनाए । हुम्ला र जाजरकोटमा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णालीका डोल्पा र रुकुम –पश्चिम) बाहेक आठ जिल्लामा यसको संक्रमण फैलिएको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ । आज ९१ जना थपिएसँगै दैलेख जिल्लामा मात्र कोरोना संक्रमित हुने ३०१ पुगेकोे बताइएको छ । रासस

वि.सं.२०७७ जेठ २३ शुक्रवार २०:३६ मा प्रकाशित

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार...

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पु¥याउने...

रास्वपा कास्की सभापतिमा अधिकारी

रास्वपा कास्की सभापतिमा अधिकारी

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी...

परराष्ट्रमन्त्रीको भारत भ्रमण :  नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको...

सुनचाँदीको मूल्य आज पनि घट्यो

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग...