-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपालमा शुक्रबारसम्म ८८ हजार बढी पिसीआर परीक्षण, २,९१२ जना कोरोना संक्रमित, ११ को मृत्यु र क्वारेन्टाइनमा १ लाख ६६ हजार बढी



२३ जेठ, काठमाण्डौं । नेपालमा शुक्रबार (२३ जेठ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट २ लाख २१ हजार ३३२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ११,६३४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय मन्त्रालयले परीक्षणको दायरा दैनिकरुपमा बढाउँदै गएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ८८ हजार ३६६ र आरडिटी प्रविधिबाट १ लाख ३२ हजार ९६६ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ४,२३२ पिसीआर र ७,४०२ वटा र्यापिड परीक्षण गरिएको छ ।

प्रदेश परीक्षण विवरण जो क्वारेन्टाइनमा रहेकाहरु
त्यसैगरी हालसम्म प्रदेश नं १ मा १२ हजार ९५०, प्रदेश नं २ मा ८ हजार ५७०, बाग्मती प्रदेशमा २६ हजार २९३, गण्डकी प्रदेशमा ९ हजार २८७, प्रदेश नं ५ मा ३१ हजार ७८०, कर्णाली प्रदेशमा १६ हजार ९३२ र सुदूरपश्चिम प्रदेशमा २७,१५४ वटा नमुना आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा १ लाख ६६ हजार ७६५ जना रहेका छन् । जसमा प्रदेश नं १ मा ४ हजार ५९ जना, प्रदेश नं २ मा २१ हजार ३६३ जना, बाग्मती प्रदेशमा ३ हजार ५७७ जना, गण्डकी प्रदेशमा ५ हजार ४४२ जना, प्रदेश नं ५ मा ४० हजार १४६ जना, कर्णाली प्रदेशमा ३१ हजार ९५२ जना र सुदूरपश्चिम प्रदेशमा ६० हजार २२६ जना रहेको स्वास्थ्य मन्त्रालयले शुक्रबार (जेठ २३ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । क्वारेन्टाइनमा रहनेहरु धेरैजसो भारतबाट आएका हुन् ।

आइसोलेशन र रेडजोनमा रहनेको संख्या
नेपालमा हालसम्म विभिन्न अस्पतालका आइसोलेसनमा २,५६८ जना रहेका छन् । जसमा प्रदेश नं १ मा १६६ जना, प्रदेश नं २ मा ८७१ जना, बाग्मती प्रदेशमा ५० जना, गण्डकी प्रदेशमा ५४ जना, प्रदेश नं ५ मा ८६९ जना, कर्णाली प्रदेशमा ४७५ जना र सुदूरपश्चिम प्रदेशमा ८३ जना गरी २,५६८ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै आज रेडजोनमा ५ जना थपिएका छन् । उनीहरु ललितपुर, काठमाण्डौं, बाँके र झापाका रहेका छन् । यो सँगै हालसम्म रेडजोन (संभावित संक्रमित) मा पर्नेहरु ४६८ जना पुगेका छन् ।

आज २७८ जना कोरोनाका नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या २,९१२ पुग्यो

आज २७८ जना कोरोनाका नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या २,९१२ पुग्यो
नेपालमा आज कोरोना संक्रमितका २७८ जना नयाँ विरामी फेला परेका छन् । यो संगै नेपालमा संक्रमितको संख्या २९१२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमित भेटिएकामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सुनसरीको गढी गाउँपालिका, बराहक्षेत्र नगरपालिका, बारजु गाउँपालिकाका १८ देखि ४० वर्षीय ८ जना पुरुष, झापा गौरदाहका २० वर्षे पुरुष र मोरङ रतुवामाईका १५ देखि ३० वर्षका ६ जना पुरुष रहेका छन् ।

रुपन्देही प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा अर्घाखाँची सितागंगाका ३६ वर्षे पुरुष, नवलपरासीका २१ र ३२ वर्षे पुरुष, पाल्पाका ४५ वर्षे पुरुष र रुपन्देही सैनामैनाका १८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा ४८ वर्षीय एक महिला र १८ देखि ५० वर्षका १७ जना पुरुष रहेका छन् ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा गरिएको परीक्षणमा सिन्धुली तीन पाटन र कमला माई नगरपालिकाका ३ जना रहेका छन् । उनीहरु १७ देखि २५ वर्षीय पुरुष रहेका छन् । साथै बारा, बारागढी गाउँपालिकाका २६ र २७ वर्षे पुरुषमा पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रादेशिक अस्पताल पोखरामा गरिएको परीक्षणमा तनहुँ रिसिङ ३९ र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा भोजपुर षडानन्द नगरपालिकाका १७ देखि ३२ वर्षका ५ जना पुरुष रहेका छन् ।

झापा गौरीगन्जका ३५ वर्षे पुरुष, सुनसरी हरिनगरा र बराहनगरका ७ वर्षीया बालिकासहित १४ देखि ४७ वर्षीय १३ जना पुरुष रहेका छन् ।
सेति प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु कैलालीको धनगढीका २२ वर्षीया महिला र १६ देखि ३२ वर्षका ३ पुरुष सहित ४ जना रहेका छन् । साथै अछाम साफेबगरका २९ वर्षे पुरुष, बझाङ देउलेखका २६ वर्षे पुरुष, डडेल्धुरा गन्यापधुराका १९ देखि ५७ वर्षीय ५ जना पुरुष रहेका छन् ।

त्यसैगरी धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा रामेछापका १७ देखि ४५ वर्षका १७ जना पुरुष र काभ्रे रोशी, पाँचखाल र पनौतीका २०, २१ र ३९ वर्ष उमेर समुहका ३ महिला र २ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा झापा कचनाकवलका १० वर्षका बालकसहित २८ वर्ष उमेर समुहका १० जना पुरुष रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ९७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा दैलेख दुल्लु र महाबुका ९० जना रहेका छन् । उनीहरुमा ९ वर्षीया बालिका, २२ वर्षीया महिला र ४ वर्षीय बालक देखि ५६ वर्ष उमेर समुहका ८७ जना पुरुष रहेका छन् ।
त्यस्तै जुम्ला चन्दनाथका २८ देखि ३५ वर्ष उमेर समुहका ३ पुरुष, हुम्ला चम्खेली, दोलखा, रामेछाप र गोरखा घर भई जुम्लामा कार्यरत क्रमशः ५८, २५, २३ र २५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा सुर्खेत सिम्ता र दाङ लमहीका २२ र २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७४ जनाको पोजेटिभ आएको छ । वारा विश्रामपुर गाउँपालिकाका २० वर्षे पुरुष, धनुषा देवपुराका २० देखि २१ वर्ष उमेर समुहका ४ जना पुरुष, गुल्मी चन्द्रकोट र कास्की घर भई काठमाण्डौंको निजी अस्पतालमा उपचाररत ७६ र ६० वर्षीय पुरुष, कपिलवस्तु यशोधराका २८ वर्षीया महिला, ८ महिने बालकसहित ५२ वर्ष उमेर समुहका पुरुष गरी जम्मा ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै महोत्तरी जलेश्वरका १४ देखि ५४ वर्ष उमेर समुहका १७ जना र रौतहट गुजराको क्वारेन्टाइनमा रहेका ३८ वर्षीया महिला, ३ वर्षीय बालक र ४० वर्ष उमेर समुहका ४ पुरुष गरी ६ जना रहेका छन् ।  हालसम्म संक्रमण पुष्टि भएकामा २,९१२ जनामा २,७१७ पुरुष र १९५ जना महिला रहेका छन् ।

अहिलेसम्म कुन प्रदेशमा कति संक्रमित भेटिए त ?
नेपालमा हालसम्म सातै प्रदेशका ६८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । जसमा प्रदेश नं १ का १२ जिल्लाका २४२ जना, प्रदेश नं २ का ८ जिल्ला (सबैं जिल्ला) ९९३ जना, बाग्मती प्रदेशका १२ जिल्लाका ८५ जना, गण्डकी प्रदेशका ९ जिल्लाका ५७ जना, ( आज थपिएका गोर्खा र कास्की जिल्ला सहित) प्रदेश नं ५ का ११ जिल्लाका ९६५ जना, कर्णाली प्रदेशका ७ जिल्लाका ४७९ जना (आज थपिएको जिल्ला हुम्ला) र सुदूरपश्चिम प्रदेश सबै जिल्लाका ९१ जना गरी २,९१२ जना रहेका छन् । उनीहरुमा ३३३ जना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।

आज एकैदिन ४३ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ३३३ पुग्यो

आज ४३ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ३३३ पुग्यो
नेपालमा आज एकैदिन ४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १५ देखि ४५ वर्ष उमेर समुहका ३ जना डिस्चार्ज भएका हुन् । झापाका उनीहरु ७ देखि ११ दिनको अस्पताल बसाईपछि डिस्चार्ज भएका हुन् ।
त्यसैगरी कोशी अस्पताल बिराटनगरबाट २७ जना डिस्चार्ज भएका छन् । धनकुटा, खोटाङ, उदयपुर, सप्तरी, सुनसरी र झापाका उनीहरुमा १६ देखि ५७ वर्ष उमेर समुहका उनीहरु ४ महिला र २३ जना पुरुष रहेका छन् । उनीहरु ६ देखि ११ दिनमा डिस्चार्ज भएका हुन् ।
सुशिल कोइराला प्रखर अस्पताल र लायन्स डेन्टल अस्पताल बाँकेबाट १३ जना डिस्चार्ज भएका छन् । १६ देखि ५५ वर्ष उमेर समुहका उनीहरुमा १ महिला र १२ पुरुष रहेका छन् ।
उनीहरु १४ देखि ३० दिनमा डिस्चार्ज भएका हुन् । हालसम्म ३३३ जना कोरोना संक्रमणबाट मुक्त भएकामा २७२ जना पुरुष र ६१ जना महिला रहेका छन् ।

कुन प्रदेशमा कति डिस्चार्ज भएत ?
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त भएका ३३३ जसमा प्रदेश नं १ मा ७६ जना, प्रदेश नं २ मा १२१ जना, बाग्मती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश नं ५ मा ९२ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी ३३३ संक्रमणबाट मुक्त भएका हुन् ।

सुर्खेतका युवाको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि

कोरोना संक्रमणबाट आज पनि एकको मृत्यु भएको पुष्टि, मृतकको संख्या ११ पुग्यो
सुर्खेतको पंचपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
जेठ २२ गते (विहिबार) बिहान मृत्यु भएका युवाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोनाको नमुना परीक्षणमा शुक्रबार (जेठ २३ गते) विहान रिर्पोट पोजेटिभ आएको हो ।

क्वारेन्टाइनमै बसेका बेला मृत्यु भएका उनको नेपाली सेना र प्रहरीको शबको व्यवस्थापन गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक सिडियो कृष्ण बहादुर खड्काले संसारन्युजलाई जानकारी दिएका छन् ।

जेठ ७ गते भारतबाट आएका उनी ८ गते पंचपुरीस्थित जनता माविको क्वारेन्टाइनमा पुगेका थिए । त्यहाँ १४ दिन विताएपछि र्यापिड टेष्टमा रिर्पोट नेगेटिभ देखिएपछि उनलाई जेठ २१ दिउसो घर पठाइएको थियो ।

आरडिटी परीक्षणमा नमुना नेगेटिभ आएपछि बुधबार घर पठाइएका उनको घर नजिकै सामुदायिक भवनमा बसेका बेला श्वास प्रश्वासमा समस्या भएको र तत्कालै मृत्यु भएका उनका साथीहरुले जानकारी दिएको पन्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापाले जानकारी दिएका छन् ।

उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । यसअघि जेठ २२ गते पाल्पा पूर्वखोला गाउँपालिका सिलवाका ४५ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।

त्यस्तै (जेठ २०) पनि दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भएको थियो । स्ट्रोक भएर जेठ १३ गते काठमाण्डौं मेडिकल कलेज सिनामंगलमा भर्ना भएर अप्रेसन गरिएका उनमा जेठ १५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनको थप उपचारका लागि टिचिङ अस्पताल महाराजगन्जमा आइसीयुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

बाजुराकी २ वर्षीया बालिका, दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षीय युवा, अर्घाखाँचीको भुमिकास्थानका ३५ वर्षीय युवा,(जेठ १४) गते ललितपुर बुङमति २२ का ५६ वर्षीय पुरुष, त्यस्तै जेठ ४ गते मृत्यु भएका विराटनगरका ७० वर्षीय पुरुष, जेठ ७ गते गुल्मी मदानेका ४१ वर्षीय शिक्षक, जेठ ४ गते बाँके नरैनापुरका २५ वर्षीय युवा र जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

नेपालमा हालसम्म ८४ हजार बढी पिसीआर परीक्षण, २,६३४ कोरोना संक्रमित, १० को मृत्यु र आइसोलेसनमा २,३३४ जना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

मन्त्री पदबाट बिदाइ हुँदै गर्दा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शनिबार बेलुकीतिर एउटा लामो

काठमाडौं । नेपालकै जेठो विद्यालय भानु माध्यमिक विद्यालय (दरबार हाइस्कूल)मा चरम बेथिति भेटिएको छ

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर