back
CTIZAN AD

सुर्खेतका युवाको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि

वि.सं.२०७७ जेठ २३ शुक्रवार

864 

shares

२३ जेठ, काठमाण्डौं । सुर्खेतको पंचपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

विहिबार बिहान  मृत्यु भएका युवाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोनाको नमुना परीक्षणमा शुक्रबार विहान रिर्पोट पोजेटिभ आएको हो ।

हाल उनको शब व्यवस्थापनका लागि नेपाली सेना र प्रहरीको टोली त्यस स्थानमा पुगेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक सिडियो कृष्ण बहादुर खड्काले संसारन्युजलाई जानकारी दिएका छन् ।

जेठ ७ गते भारतबाट आएका उनी ८ गते पंचपुरीस्थित जनता माविको क्वारेन्टाइनमा पुगेका थिए । त्यहाँ १४ दिन विताएपछि र्यापिड टेष्टमा रिर्पोट नेगेटिभ देखिएपछि उनलाई जेठ २१ दिउसो घर पठाइएको थियो ।

आरडिटी परीक्षणमा नमुना नेगेटिभ आएपछि बुधबार घर पठाइएका उनको घर नजिकै सामुदायिक भवनमा बसेका बेला श्वास प्रश्वासमा समस्या भएको र तत्कालै मृत्यु भएका उनका साथीहरुले जानकारी दिएको पन्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापाले जानकारी दिएका छन् ।

उनले विहिबार पिसीआर रिर्पोट नेगेटिभ भएपछि घर पठाइएको भनेर संचारमाध्यमलाई जानकारी दिए पनि शुक्रबार पुनः सोधिएको प्रश्नमा उनले र्यापिड टेष्टमा नेगेटिभ देखिएको संसारन्युजलाई बताए ।

विहिबार पिसीआर नेगेटिभ भन्नु भएको थियो नि नगरप्रमुखज्यू भनेर सोधिएको प्रश्नमा उनले भने, ‘त्यो के पहिलो चरणमा गरिने टेष्ट र्यापिड होइन, त्यसमा नेगेटिभ देखिएको थियो ।’

नगरप्रमुख थापाले दिएको जानकारी अनुसार विहिबार ‘पिसीआर परीक्षणमा नेगेटिभ भएर घर फर्किएका युवाको मृत्यु’ भनेर संसारन्युजमा समाचार प्रकाशन गरिएकोमा पाठकवर्गमा पर्न गएको असुविधामा क्षमा प्रार्थीछौं ।

ती युवाको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । विहिबारै पाल्पाका एक युवाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।

कोरोना भाइरसको पिसीआर परीक्षणमा नेगेटिभ आएपछि घर फर्किएका युवाको मृत्यु

वि.सं.२०७७ जेठ २३ शुक्रवार १०:१३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...