back
CTIZAN AD

कोरोना भाइरसको पिसीआर परीक्षणमा नेगेटिभ आएपछि घर फर्किएका युवाको मृत्यु

वि.सं.२०७७ जेठ २२ बिहीवार

852 

shares

२२ जेठ, काठमाण्डौं । कर्णाली प्रदेशको पश्चिम सुर्खेतमा रहेको एक क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएकै दिनमा एक युवाको मृत्यु भएको छ ।

सुर्खेतको पंचपुरी नगरपालिकाको क्वारेन्टिनमा बसेर बुधबार घर फर्किएका २२ वर्षीय युवाको विहिबार राति मृत्यु भएको हो ।

मुम्बईमा मजदुरी गरेर जेठ ८ गते नेपालगन्जको रपैडिया नाका हुँदै ९ गते पंचुपरी पुगेका ती २२ वर्षीय युवालाई १४ दिनको क्वारेन्टाइन बसाई र पिसीआर परीक्षणमा नेगेटिभ देखिएपछि एकसाता होम क्वारेन्टिनमा बस्ने सल्लाह दिँदै घर पठाइएको पन्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापाले संसारन्युजलाई जानकारी दिएका छन् ।

‘बुधबार बिहान ११ बजेतिर उनीहरुको पिसीआर रिर्पोट नेगेटिभ आएपछि ३ बजेतिर घर पठाएका थियौं । तर घर पुग्न २ सय मिटरको दूरी रहेका उनीहरु राति ११ बजे त्यहाँ पुगेर वडा नं १ को मौरीपालन सामुदायिक भवनमा बसेका थिए’ नगरप्रमुख थापाले भने, ‘बाहिरै खाना खाएर राति त्यहाँ पुगेका रहेछन् । राति सवा २ बजे मृत्यु भएको रहेछ ।’

उनीसँगै सुतेका साथीहरुसँग ती युवाले आफूलाई स्वास फेर्न समस्या भयो भनेको र एक्कासी मृत्यु भएको उनका साथीहरुले बताएको नगरप्रमुख थापाले बताए । उनका साथीहरुका अनुसार ती युवाले प्रेसरको औषधि खाइरहेको पनि थापाले बताए । ‘क्वारेन्टिनमा बस्दा केही समस्या देखिएको थिएन । आफ्नो भारी आफै बोकेर घर फर्किएका थिए ।’ नगरप्रमुख थापाले भने ।

थापाका अनुसार विद्यापुर जनता मावि क्वारेन्टाइनमा राखिएका ६४ जनाको पिसीआर परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मृत्यु भएका युवासँगै एउटै कोठामा बसेका ५ जनाको भने रिर्पोट नेगेटिभ आएको थियो ।

मृतक युवाको पुनः श्वास संक्रन गरेर परीक्षणका लागि सुर्खेत अस्पतालमा पठाइएको थापाले जानकारी दिएका छन् । ‘ उनको पुनः श्वास लिएर सुर्खेत अस्पतालमा परीक्षणका लागि पठाइएको छ । सम्भवत बेलुका रिर्पोट आइपुग्छ ।’

वि.सं.२०७७ जेठ २२ बिहीवार १५:०४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...