back
CTIZAN AD

कर्णालीको अवस्था भयावह हुने भन्दै नगरप्रमुखले गरे प्रदेश र संघीय सरकारप्रति यस्तो गुनासो

वि.सं.२०७७ जेठ २२ बिहीवार

822 

shares

२२ जेठ, काठमाण्डौं । कर्णाली प्रदेशको सुर्खेतस्थित पन्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापाले प्रदेश तथा संघीय सरकारले स्थानीयतहमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा उदाशीनता देखाएको आरोप लगाएका छन् ।

भारतबाट दिनहुँ जिल्ला प्रवेश गर्ने मजदुरको संख्या बढिरहेको अवस्थामा उनीहरुका लागि कोरोना परीक्षण गर्ने स्वास्थ्य सामग्री समेत नभएको उनले बताएका छन् ।

उनले स्थानीय निकायमा क्वारेन्टाइनको सहज व्यवस्थापन गर्न नसकेको अवस्थामा नागरिकहरु भैसीको गोठ र भीरपाखाका ओडारमा समेत बस्नु परेको संसारन्युजलाई बताएका छन् । ‘प्रदेश र संघीय सरकारले सबै जिम्मा स्थानिय निकायको भन्छन्, तर कर्णालीको अवस्था भयावह छ स्थानीय सरकारले मात्रै गर्न सक्तैन,’ नगरप्रमुख उपेन्द्र बहादुर थापाले भने, ‘हालसम्म पंचपुरी नगरपालिकामा मात्रै १३०५ जनालाई नगरपालिकाका १५ वटा विद्यालयको विभिन्न क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको स्वास्थ्य परीक्षणका लागि आवस्यक किट समेत छैन ।’

नगरप्रमुख थापाले संघीय सरकारले सुरुमा केही पिसीआर किट दिएपनि अहिले किटको अभाव भएकाले नगरपालिका आफैले खरिद गरेर किटको व्यवस्था गरेको पनि उनले बताए । ‘प्रदेश सरकार संघीय सरकारले किट दिएका छैनन्, आफै किनेर गरिरहेका छौं । प्रदेश सरकारले अहिले ५२० वटा भिटिएम दिएको छ ।’

उनले कर्णाली प्रदेशमा ३० हजार बढी नागरिक क्वारेन्टाइनमा रहेको अवस्थामा उनीहरुको स्वास्थ्य परीक्षण, क्वारेन्टाइनको व्यवस्थापन र अन्य कुरामा स्थानीय निकायलाई समस्या परेको बताए । उनले पन्चपुरीमा मात्रै अहिले विभिन्न क्वारेन्टाइनमा १३०५ जना रहेको र त्यसको संख्या बढेर ३ हजार बढी पुग्ने आंकलन आफूहरुले गरेको जानकारी दिए ।

उनले कोरोना रोकथाम र नियन्त्रणका लागि आवस्यक उपकरण र क्षमतायुक्त स्वास्थ्य जनशक्ति, सुरक्षा, खानेपानी, शौचालय व्यवस्थापन गर्न नसकिएको अवस्थामा स्थानीय सरकारलाई थप चुनौती बढ्दै गएको भन्दै यस्तो अवस्थामा तीनै तहका सरकारले आफ्नो जिम्मेवारीबाट पन्छिने कामगर्न नहुने समेत बताएका छन् ।

विहिबार मात्रै पन्चपुरीको क्वारेन्टाइनमा १४ दिन बिताएर घर फर्किएका युवाको घरको दैलो नकुच्दै मृत्यु भएको छ । पिसीआर परीक्षण गरेर नेगेटिभ देखिएपछि घर पठाएका उनको घर नपुग्दै सामुदायिक भवनमा बसेको बेला विहिबार राति मृत्यु भएको थियो । नगरप्रमुख थापाले ती युवाको पुनः श्वाव लिएर परीक्षणका लागि सुर्खेत पठाएको जानकारी दिएका छन् ।

कोरोना भाइरसको पिसीआर परीक्षणमा नेगेटिभ आएपछि घर फर्किएका युवाको मृत्यु

नगरप्रमुख थापाले पन्चपुरी नगरपालिकामा हालसम्म ५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २१३ रहेको छ भने दैलेख र मुगु जिल्लाका नागरिकमा बढी संक्रमति देखिएको छ ।

विश्वभरी फैलिएको कोरोना महामारी र यसको संक्रमण यतिबेला नेपालमा पनि तिब्र रुपमा बढिरहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशमा ७१ दिनदेखि लकडाउन जारी छ । संघीय सरकार लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारीमा रहेको छ भने विज्ञहरुले लकडाउनको विकल्प खोज्न र लकडाउन खुकुलो बनाएर देशको अर्थतन्त्र चलायमान बनाउन सुझाव दिइरहेको अवस्था छ ।

यतिबेला कोरोना संक्रमण र त्यसको रोकथामका लागि स्वतस्फूत रुपमा आफ्ना नागरिकको सुरक्षामा रातदिन खटिरहेका स्थानीय निकायका जनप्रतिनिधि भने आत्तिएका छन् । भारतबाट मात्रै १ लाख बढी नागरिक देश भित्रिएको अवस्थामा स्थानीय निकायलाई यसको व्यवस्थापनमा चुनौति देखिएको छ ।

वि.सं.२०७७ जेठ २२ बिहीवार १६:०२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...