back
CTIZAN AD

अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपको निर्णायक मण्डलमा खड्का मनोनित

वि.सं.२०७७ जेठ २२ बिहीवार

819 

shares

जेठ २२,काठमाडौं । कोरोना भाइरस(कोभिड– १९) भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपको निर्णायक मण्डलमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मनोनित भएका छन् ।

खड्कासहित प्रतियोगिताका लागि विभिन्न राष्ट्रका १३ जना निर्णायक चयन भएकोमा एसियाली महादेशबाटै मनोनित हुने खड्का एक मात्र निर्णायक भएको बताइएको छ । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक पनि हुन् ।

युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा प्रतियोगिता नेपाली समय अनुसार आज राति १२ बजेदेखि सुरु हुँदैछ । चारदिने प्रतियोगिता ‘जुम’ प्रविधि मार्फत प्रत्यक्ष हुनेछ ।

प्रतियोगिताबाट संकलित रकम कोरोना भाइरसबाट अत्ति प्रभावित विभिन्न राष्ट्रका अनाथलयमा रहेका खेलाडीलाई सहयोग स्वरुप प्रदान गरिने नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष समेत रहेका खड्काले जनाएका छन् । सहभागी खेलाडीले दर्ता शुल्कवापत एक सय अमेरिकी डलर बुझाउनु पर्ने छ । निर्णायकले पारिश्रमिक वापत पाउने रकम पनि अनाथलयमा रहेका खेलाडीलाई सहयोग स्वरुप प्रदान गरिने छ । निर्णायकले प्रति दिन एक सय अमेरिकी डलरका दरले पारिश्रमिक पाउने छन् ।

वि.सं.२०७७ जेठ २२ बिहीवार १३:४९ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...