२२ जेठ, काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नास्ट) को आयुर्वेदा रिसर्च समितिको सदस्यमा नेशनल आयुर्वेदा रिसर्च तालिम केन्द्र किर्तिपुरका चिफ ट्रेनिङ अफिसर डा. निर्मल भुसाल मनोनित गरिएका छन् ।
‘विश्वभरी फैलिएको कोभिड १९ को महामारी फैलिरहेको परिस्थितिमा सम्बोधन गर्न सम्पूर्ण संघसंस्थाहरुलाई क्रियाशिल बनाइ प्रस्ताव तयार गर्ने÷गराउने कार्यको लागि गठन गरिएको समितिमा यहाँलाई सदस्यमा मनोनयन गरिएको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छु ।’ डा. भुसाललाई मनोनयन गरिएको पत्रमा सो कुराको जानकारी गराइएको छ ।

डा. भुसालको मनोनयनबाट समितिले भरपुर सहयोग मिल्ने अपेक्षा राखेको नास्टका सचिव डा महेशकुमार अधिकारीले पत्रमा उल्लेख गरेका छन् ।
काडमाडौँ विश्वविद्यालयका प्राध्यापक प्राज्ञ प्रा.डा जनार्दन लामिछाने संयोजक रहेको सो समितिमा डा भुसाल लगायत विभिन्न क्षेत्रबाट १३ व्यत्तित्वहरु पनि चयन भएका छन् ।
समितिले १० दिनभित्र प्रतिवेदन तयार गरी पेश गर्ने बताइएको छ ।
वि.सं.२०७७ जेठ २२ बिहीवार १३:३३ मा प्रकाशित





























