२२ जेठ, काठमाण्डौं । रुकुमको चौर जहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा अभिनेत्री रेखा थापाले नवराज विककी प्रेमिका भनिएकी किशोरीको चरित्र हत्या नगर्न अपिल गरेकी छन् ।
रुकुम घटनाका दोषीलाई अविलम्ब कारबाही गरी पीडितलाई न्याय दिईयोस् भन्दै अभिनेत्री रेखाले यस घटनामा जोडिएकी किशोरीको बारेमा चरित्र हत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएको र त्यसले फेरिपनि उत्पीडन वर्गमाथि प्रहार भएको अभिव्यक्ति दिएकी छन् ।
‘समाज बिरुद्ध अन्तर्जातिय प्रेम गर्ने सहास भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ त ? दोषिलाई कानुनी कार्वाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ती बजारमा लीलाम गर्नुपर्ने ? नेपालमा केटी मान्छेको बेइज्जत गरेर मात्र न्याय पाउने हो र ? छानबिनको क्रममा रहेकी किशोरिको बारेमा अनर्गल कुरा लेख्ने छुट छ ?,’ अभिनेत्री थापाले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्, ‘समुहमा बाहुन छेत्री, जनजाती जो जस्लाई गाली गर्नु छ गरे हुन्छ ! एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ? दोषी वा निर्दोषको किटान हुनु पहिले नै यसरी मानसिक हिंसा र प्रताडना दिएको कारण ति किशोरि नदिमा हाम्फलेमा कस्ले जवाफ दिन्छ ?’
अभिनेत्री थापाले अन्र्तजातिय प्रेम गरेको सट्टा जसरी उस्को चरित्र हत्या भएको बताउँदै यसले जातिबादी सोचलाई झन धेरै बालवालिकामा स्थापित गर्ने देखिनेप्रति सजग गराएकी छन् ।
वि.सं.२०७७ जेठ २२ बिहीवार १३:२९ मा प्रकाशित






























