back
CTIZAN AD

नेपालमा हालसम्म ८४ हजार बढी पिसीआर परीक्षण, २,६३४ कोरोना संक्रमित, १० को मृत्यु र आइसोलेसनमा २,३३४ जना

वि.सं.२०७७ जेठ २२ बिहीवार

726 

shares

२२ जेठ, काठमाण्डौं । नेपालमा विहिबार (२२ जेठ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट २ लाख ९ हजार ६९८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ९,०५२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय मन्त्रालयले परीक्षणको दायरा दैनिकरुपमा बढाउँदै गएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ८४ हजार १३४ र आरडिटी प्रविधिबाट १ लाख २५ हजार ५६४ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ३,८६७ पिसीआर र ५,१८५ वटा र्यापिड परीक्षण गरिएको छ ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी हालसम्म प्रदेश नं १ मा १२ हजार ७४९, प्रदेश नं २ मा ७ हजार ७७९, बाग्मती प्रदेशमा २६ हजार ५१, गण्डकी प्रदेशमा ८ हजार ९१८, प्रदेश नं ५ मा २९ हजार २९६, कर्णाली प्रदेशमा १५ हजार ८३१ र सुदूरपश्चिम प्रदेशमा २४,९४० वटा नमुना आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा १ लाख ६१ हजार २६२ जना रहेका छन् । जसमा प्रदेश नं १ मा ३ हजार ९६३ जना, प्रदेश नं २ मा २२ हजार ४१९ जना, बाग्मती प्रदेशमा ३ हजार २३८ जना, गण्डकी प्रदेशमा ४ हजार २९७ जना, प्रदेश नं ५ मा ३६ हजार ५३९ जना, कर्णाली प्रदेशमा ३२ हजार ५६५ जना र सुदूरपश्चिम प्रदेशमा ५८ हजार २४१ जना रहेको स्वास्थ्य मन्त्रालयले विहिबार (जेठ २२ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । क्वारेन्टाइनमा रहनेहरु धेरैजसो भारतबाट आएका हुन् ।

आइसोलेशनमा रहनेको संख्या
नेपालमा हालसम्म विभिन्न अस्पतालका आइसोलेसनमा २,३३४ जना रहेका छन् । जसमा प्रदेश नं १ मा १४९ जना, प्रदेश नं २ मा ८४३ जना, बाग्मती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ५० जना, प्रदेश नं ५ मा ८१६ जना, कर्णाली प्रदेशमा ३८० जना र सुदूरपश्चिम प्रदेशमा ७३ जना गरी २,३३४ जना आइसोलेसनमा रहेका छन् ।

आज एकैदिन ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २,६३४ पुग्यो
नेपालमा आज एकैदिन ३३४ जना कोरोना संक्रमित भेटिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित भेटिएका ३३४ जनामा मोरङ सुन्दर हरैचाका २४ वर्षीय पुरुष, पर्सा पोखरीयाका १५ वर्षीया किशोरी, झापा भद्रपुरको क्वारेन्टिनमा रहेका २६ देखि ५६ वर्ष उमेरका ३ जना पुरुष, ताप्लेजुङ र मोरङ घर भई सुनसरीको भोक्राहामा बस्ने २५ र ३० वर्षीय पुरुष तथा सप्तरीका १३ जनामा राजविराज, हनुमान नगर कंकालिनी, छिन्नमस्ता र सम्भुनाथ क्वारेन्टिनमा रहेका १७ देखि ४८ वर्षीय जना पुरुष रहेका छन् । विराटनगर र नारायणी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै बारा आर्दश कटवालकी ३० वर्षीया एक महिला, १२ वर्षीय बालक र ३० वर्ष उमेर समुहका पुरुष गरी ८ जना र सिन्धुली कमलामाईका २३ वर्षीय पुरुष र र्राैतहट गुजराका १८ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । उनीहरुको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा परीक्षण गरिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १६ जनामा संक्रमण देखिएको छ । जसमा म्याग्दी मंगला गाउँपालिकाका १९ वर्षीय पुरुष, बाग्लुङ निसीखोला बडिगार्ड गल्कोटकाका ३३ वर्षीया एक महिला र १६ देखि ३३ वर्षीय पुरुष गरी १० जना, पर्वतको विहादी गाउपालिका र फलेवास नगरपालिकाका २१ देखि २८ वर्षीय ४ पुरुष र स्याङजा कालिगण्डकीका १८ वर्षीय पुरुष रहेका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको छ । उनीह डोटी दिपायल सिलगढी र पुर्वी चौकी गाउँपालिकाका ४५ वर्षीया महिला र २२ र २७ वर्षीय पुरुष ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ४२ जनामा संक्रमण देखिएको छ । उनीहरु नेपालगन्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाका १५ देखि ३५ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा कपिलवस्तु कृष्णनगरका १७ देखि ५२ वर्षका पुरुष रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १५ जनामा संक्रमण भेटिएको छ । उनीहरु राजपुर, वग्लाचुली, बबई गाउँपालिका र घोराही उपमहानगरपालिकाका २३ वर्षीया एक महिला र १६ देखि ३६ वर्ष उमेर समुहका १४ जना पुष रहेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा मुगु खत्याण्डका १ जना २७ वर्षीय पुरुष, दैलेखका १०५ जनामध्ये नाारायण देवलकट, सोता, मनटाकुरा र बसकोटभगतीका ५ वर्षीया एक बालिका, ३२ वर्ष उमेर समुहका ४ महिला, ४ वर्षीय एक बालक गरी ३५ वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

त्यसैगरी कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु झापा कचनाकवलका १७ र २५ वर्षीय २ जना र खोटाङहलेसीका २१ देखि ४५ वर्ष उमेर समुहका ३ जना पुरुष रहेका छन् ।

प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा दैलेख नारायण नगरपालिका र नौमुले गाउँपालिकाका २ वर्षीय बालक र ३६ वर्ष उमेर समुहका ७ पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ९३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा बारा महागढीमाई नगरपालिका, विश्रामपुर र सुर्वण गाउँपालिकाका ५ जना रहेका छन् । उनीहरु १९ देखि २३ वर्षीय ५ जना पुरुष, धनुषा जनकपुरका ३० वर्षीया महिला र ३३ देखि ३७ वर्ष उमेर समुहका ५ जना पुरुष गरी ६ जना, कपिलवस्तु ओडरी मावि र जनचेतना मावि यशोधराको क्वारेन्टाइनमा रहेका २६ वर्षीया एक महिला तथा २१ देखि ४८ वर्ष उमेर समुहका १० पुरुष गरी ११ जना, महोत्तरी भंगाह नगरपालिकाका १९ र ३६ वर्षीय २ पुरुष, रौतहट स्थान गजरा, दुर्गाभगवती र गढीमाईका ६४ जना रहेका छन् । उनीहरुमा ६ महिने एक बालिका, र २ महिला, ८ वर्षीय एक बालक र ४५ वर्ष उमेर समुहका पुरुष रहेका छन् । साथै सर्लाही श्री प्रावि छोटोल धपनियाका १९ र ४० वर्षीय २ पुरुष रहेका छन् ।

आज थपिएका ३३४ सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ । उनीहरुमा २,४५० जना पुरुष र १५ जना महिला रहेका छन् ।

आज पनि १२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या २९० पुग्यो
नेपालमा आजपनि १२ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । आज नारायणी अस्पताल विरगन्जमा उपचाररत २५ देखि ७० वर्ष उमेरका ५ जना पुरुष डिस्चार्ज भएका हुन् । उनीहरु ९ दिनको अस्पताल बसाईपछि निको भएर घर फर्किएका हुन् ।

त्यसैगरी वाराको कलैयामा ७ जना निको भएका छन् । २८ देखि ४९ वर्ष उमेर समुहका उनीहरु १० देखि १७ दिनको अस्पताल बसाईपछि निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज डिस्चार्ज भएका १२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २९० पुगेको छ । जसमा २३४ पुरुष र ५६ जना महिला रहेका छन् ।

हालसम्म निको भएर डिस्चार्ज हुनेमा प्रदेश १ मा ४८ जना, प्रदेश २ मा ११९ जना, बाग्मती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा ७९ जना, कर्णाली प्रदेशमा २ जना सुदूरपश्चिम प्रदेशमा ७ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज एकको मृत्यु भएको पुष्टि, मृतकको संख्या १० पुग्यो
नेपालमा कोरोना संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विहिबार (२२ जेठ) संक्रमणबाट मृत्यु भएको पुष्टि भएकामा पाल्पा पूर्वखोला गाउँपालिका सिलवाका ४५ वर्षीय पुरुष रहेका छन् ।

उनी ५ दिन अगाडि भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेका थिए । श्वास प्रश्वासमा समस्या भएपछि तीनदिन अगाडि मिशन अस्पताल पाल्पामा भर्ना भएका उनको २० जेठमा मृत्यु भएको थियो ।

थ्रोट श्वाव संकलन गरेर गरिएको पिसीआर परीक्षणमा उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

त्यस्तै बुधबार (जेठ २०) पनि दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भएको थियो । स्ट्रोक भएर जेठ १३ गते काठमाण्डौं मेडिकल कलेज सिनामंगलमा भर्ना भएर अप्रेसन गरिएका उनमा जेठ १५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनको थप उपचारका लागि टिचिङ अस्पताल महाराजगन्जमा आइसीयुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

यसअघि बाजुराकी २ वर्षीया बालिकाको संक्रमणबाट मृत्यु भएको थियो । बालिकाको. आइतबार बिहान २ः३० बजे बाजुरा जिल्ला स्वास्थ्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

आमाबुवासहित ८ दिन पहिले भारतबाट आएकी ती बालिकालाई क्वारेन्टाइनमै रहेका अवस्थामा श्वास– प्रस्वास, ज्वरो र झाडा पखाला लागेपछि जेठ १५ गते अस्पताल भर्ना गरिएको थियो । उनको जेठ १६ गते नै श्वास संकलन गरेर सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

त्यसैगरी शनिबार बेलुका पनि दैलेखको दुल्लु नगरपालिका पटांगिनीको क्वारेन्टाइनमा रहेका ३५ वर्षीय युवाको पनि कोरोनाकै कारण मृत्यु भएको हो । शनिबार र आइतबार मृत्यु भएका दुईजनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

यसअघि अर्घाखाँचीको भुमिकास्थानका ३५ वर्षीय युवाको भारतमा मजदूरी गरेर नेपाल फर्कने क्रममा जेठ १० गते मृत्यु भएको थियो । उनको जेठ ११ गते श्वाव संकलन गरेर भैरहवाको प्रयोगशालामा परीक्षण गरिएको थियो । विहिबार आएको रिर्पोटमा उनमा कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । उनको शबको दाहसंस्कार भइसकेको छ ।

उनीसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । जसमा बुधबार (जेठ १४) गते ललितपुर बुङमति २२ का ५६ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको कलेजोमा समस्या भएका कारण जेठ ११ गते ललितपुरको ग्वार्कोमा रहेको किस्ट अस्पतालको आइसीमा भर्ना भएका थिए ।

उनको जेठ १२ गते कोरोना परीक्षण गरिएको थियो । जसमा रिर्पोट पोजेटिभ आएको थियो । उनको बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

त्यस्तै जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनको संक्रमणबाट मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले जेठ १२ गते गरेको थियो ।

यसअघि जेठ ४ गते विरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना भइ उपचार गराएका ७० वर्षीइ पुरुषको मृत्यु भएको थियो । श्वास प्रश्वासमा समस्या भएर आइसीयुमा उपचार गराएका उनको उनको मृत्यु पश्चात गरिएको श्वाव परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
जेठ ७ गते गुल्मी मदानेका ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जेठ ४ गते बाँके नरैनापुरका २५ वर्षीय युवाको क्वारेन्टाइनमै रहेका बेला मृत्यु भएको थियो भने जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको कोरोना संक्रमणबाट मृत्यु भएको घोषणा जेठ ३ गते गरिएको थियो । उनी कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन् ।

हालसम्म ८० हजार बढी पिसीआर परीक्षण, कोरोना संक्रमितको संख्या २३ सय पुग्यो, यस्तो छ अन्य अपडेट

वि.सं.२०७७ जेठ २२ बिहीवार १९:२४ मा प्रकाशित

परराष्ट्रमन्त्रीको भारत भ्रमण :  नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको...

यस्तो छ कालिमाटीमा तरकारी तथा फलफूलको थोक मूल्य

यस्तो छ कालिमाटीमा तरकारी तथा फलफूलको थोक मूल्य

काठमाडौँ, २४ जेठ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...