Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

हालसम्म ८० हजार बढी पिसीआर परीक्षण, कोरोना संक्रमितको संख्या २३ सय पुग्यो, यस्तो छ अन्य अपडेट



२१ जेठ, काठमाण्डौं । नेपालमा बुधबार (२१ जेठ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट २ लाख २ हजार ६४६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ८,९५८९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यी दुवै प्रविधिबाट मंगलबारको तुलनामा आज बुधबार २,९३० वटा नमुना बढी परीक्षण गरिएको हो ।
मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ८० हजार २६७ र आरडिटी प्रविधिबाट १ लाख २० हजार ३७९ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ४,९२४ पिसीआर र ४,०३४ वटा र्यापिड परीक्षण गरिएको छ ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी हालसम्म प्रदेश नं १ मा १२ हजार ६४२, प्रदेश नं २ मा ७ हजार ३३१, बाग्मती प्रदेशमा २५ हजार ९३३, गण्डकी प्रदेशमा ९ हजार १५१, प्रदेश नं ५ मा २६ हजार ७४४, कर्णाली प्रदेशमा १४ हजार ८४५, र सुदूरपश्चिम प्रदेशमा २३,७३३ वटा नमुना आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा १ लाख ५५ हजार ८६८ जना रहेका छन् । जसमा प्रदेश नं १ मा ३ हजार ८०० जना, प्रदेश नं २ मा २२ हजार ७०२ जना, बाग्मती प्रदेशमा ३ हजार २२७ जना, गण्डकी प्रदेशमा ४ हजार ४७०, प्रदेश नं ५ मा ४१ हजार ६८३, कर्णाली प्रदेशमा ३० हजार १६६ र सुदूरपश्चिम प्रदेशमा ४९ हजार ८२० जना रहेको स्वास्थ्य मन्त्रालयले बुधबार (जेठ २१ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । क्वारेन्टाइनमा रहनेहरु धेरैजसो भारतबाट आएका हुन् ।

आज २०१ जना नयाँ संक्रमित थपिए, संक्रमितको संख्या २३ सय पुग्यो
नेपालमा पछिल्लो २४ घण्टामा २०१ जना कोरोना संक्रमणका नयाँ विरामीहरु देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज कोरोना संक्रमण पुष्टि भएकामा प्रादेशिक अस्पताल विराटनगरमा गरिएको परीक्षणमा धनकुटा शहिदभूमि गाउँपालिकाका २७ वर्षीय पुरुष, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरी भित्रुतका ४० वर्षीय र ताप्लेजुङ शान्ति गाउँपालिकाका १८ देखि ४० वर्षीय ३ जना पुरुष रहेका छन् । उनीहरु क्वारेन्टिनमा रहेकाहरु हुन् ।

त्यस्तै झापा वुद्ध शान्ति गाउँपालिकाका ३० वर्षे पुरुष, पाँचथर हिलिहाङका २० वर्षीय पुरुष र सुनसरी भोक्राहा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १८ देखि २६ वर्षीय ७ जना पुरुष रहेका छन् ।

नारायणी अस्पताल विरगन्जमा गरिएको परीक्षणमा पर्साका विन्दवासीनी, कालिकामाई सतुवा प्रसौनीको क्वारेन्टाइनमा रहेका १६ देखि ४९ वर्षीय ७ पुरुष रहेका छन् ।

सुर्खेत अस्पतालमा गरिएको परीक्षणमा दैलेख नौमुले गाउँपालिकाका २४ वर्षीय पुरुष, सल्यान कुमाद गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २४ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो ।

कोशी प्रादेशिक अस्पताल झापामा गरिएको परीक्षणमा मोरङ रंगेली नगरपालिकाको क्वारेन्टाइनमा रहेका २६ र ३६ वर्षीय पुरुष, झापा कमल गाउँपालिकाका १८ वर्षीय पुरुष, तेह्रथुम आठराई गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २० वर्षीया महिला र सुनसरी बराह क्षेत्रको क्वारेन्टाइनमा रहेका २९ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलाली गौरीगंगा गाउँपालिका र धनगढी उपमहानरगपालिकाको क्वारेन्टाइनमा रहेका २० र ५१ वर्षीय पुरुष तथा डोटी पूर्वीचौकी क्वारेन्टाइनमा रहेका २२ र २५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
रुपन्देही प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ९५ जनामा संक्रमण पुष्टि भएको छ । कपिलवस्तु मायादेवी र शुद्धोद्धन गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ११ बर्षीया बालिका र ३७ वर्ष उमेर समुहका १० जना महिला र १ वर्षका बालकदेखि ८० वर्ष उमेर समुहका पुरुष गरेर जम्मा ६७ जनामा संक्रमण देखिएको हो ।

पाल्पाका २३ वर्षीया महिला र २८ वर्षीया पुरुष, बौद्ध विश्वविद्यालय रोहिणीहवा र मर्चवार आर्दश माविको क्वारेन्टाइनमा रहेका ४० वर्षीय महिला, १३ वर्षीय बालकसहित ५४ वर्ष उमेर समुहका २५ पुरुष रहेका छन् ।

जनकपुर प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा महोत्तरी पटिहानीका ४० वर्षीया महिला र १५ देखि ३६ वर्षीय पुरुषसहित ९ जनामा संक्रमण देखिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेख दुल्लु र नारायण नगरपालिकाका १७ देखि ३० वर्षसम्मका ६ जना पुरुष र कालिकोट महाविशुभ गाउँपालिकाका २० वर्षीया महिला, ४ वर्षीया बालक र ४० वर्ष उमेर समुहका ५ पुरुष रहेका छन् ।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङ बग्लाचुली र राजगढ गाउँपालिकाका ९ बर्षीय बालकसहित २७ वर्ष उमेर समुहका ५ जना पुरुष र प्युठानका २० र २३ वर्षीय पुरुष तथा सल्यान कपुरकोटका १९ वर्षीय पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौंमा गरिएको परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा धनुषाका ३८ वर्षीय पुरुष, कपिलवस्तु ओडरी माविको क्वारेन्टाइनमा रहेका ३४ र ३९ वर्षीय पुरुष, काठमाण्डौं मेडिकल कलेज र टोखाका गरी २१ देखि २७ वर्षीया ३ जना महिला, नवपरासी पहलीनन्दन र वर्दघाटको क्वारेन्टाइनमा रहेका १७ देखि ३४ वर्षका ८ जना पुरुष, रौतहटको जनतामावि कटरिया क्वारेन्टाइनमा रहेका २७ वर्षीया महिला र २२ देखि ५० वर्ष उमेर समुहका १० जना पुरुष रहेका छन् ।

त्यस्तै रुपन्देही मायादेवीका २२ वर्षीय पुरुष, सर्लाही श्रीरामविलास प्रावि वैरिया र जनतामावि हरकटुका ११ वर्षीया बालिका र १६ देखि ४० वर्ष उमेर समुहका १५ जना पुरुष रहेका छन भने सिन्धुपाल्चोक इन्द्रावतीका २३ वर्षीय पुरुष गरी आज जम्मा २०१ जना नयाँ संक्रमित पुष्टि भएका हुन् ।

आज भेटिएका २०१ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ । जसमा २,१३० पुरुष र १७० जना महिला रहेका छन् ।

आज १२ जना डिस्चार्ज भए
आज कोरोना संक्रमणबाट मुक्त भएर १२ जना घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार जनकपुर अस्पतालमा उपचार गराइरहेका ५ जना संक्रमणबाट मुक्त भएका हुन् । ११ देखि १६ दिनको उपचारपछि निको भएक उनीहरुमा २० वर्षीया महिला र १९ देखि ४० वर्षीय पुरुष् छन् । उनीहरु धनुषा, महोत्तरी र सर्लाहीका हुन् ।

त्यस्तै टेकु अस्पतालाट काठमाण्डौंका ६९ वर्षीय पुरुष जो नौ दिनमा संक्रमण मुक्त भएका हुन् भने, बलम्बु युनिफाइड कोभिड अस्पतालबाट रौतहटका ३४ वर्षीइ पुरुष १५ दिनमा संक्रमण मुक्त भएका हुन् । साथै शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत ६ वर्षीया बालिका पनि १९ दिनमा संक्रमण मुक्त भएकी छन् ।

त्यस्तै बुटवल अस्पतालमा उपचाररत ६ जना पनि संक्रमण मुक्त भएका छन् । अर्घाखाँची र कपिलवस्तुका १८ देखि २४ वर्ष उमेरका पुरुषहरु १० देखि २५ दिनमा संक्रमण मुक्त भएका हुन् ।

यो संगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने २७८ जना पुगेका छन् । जसमा २२४ जना पुरुष र ५६ जना महिला रहेका छन् ।

कुन प्रदेशमा कति निको भए त ?
हालसम्म ७ प्रदेशका विभिन्न अस्पतालमा उपचाररत २७८ जना कोरोनालाई जितेर घर फर्किएका छन् । आजमात्रै विभिन्न अस्पतालमा उपचाररत १२ जना संक्रमणबाट मुक्त भएका हुन् ।

जसमा प्रदेश १ मा ४८ जना, प्रदेश २ का १०९ जना, बाग्मती प्रदेशका ३१ जना, गण्डकी प्रदेशका ३ जना, प्रदेश नं ५ का ८० जना र सुदूरपश्चिम प्रदेशका ७ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज पनि एकको मृत्यु, मृतकको संख्या ९ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट बुधबार १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेका दोलखाका ७६ वर्षीय पुरुष रहेका छन् ।
स्ट्रोक भएर जेठ १३ गते काठमाण्डौं मेडिकल कलेज सिनामंगलमा भर्ना भएर अप्रेसन गरिएका उनमा जेठ १५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

उनको थप उपचारका लागि टिचिङ अस्पताल महाराजगन्जमा आइसीयुमा राखेर उपचार गरिएको थियो । उनको आज मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ९ पुगेको छ । यसअघि आइतबार बाजुराकी २ वर्षीया बालिकाको संक्रमणबाट मृत्यु भएको थियो । बालिकाको. आइतबार बिहान २ः३० बजे बाजुरा जिल्ला स्वास्थ्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

आमाबुवासहित ८ दिन पहिले भारतबाट आएकी ती बालिकालाई क्वारेन्टाइनमै रहेका अवस्थामा श्वास– प्रस्वास, ज्वरो र झाडा पखाला लागेपछि जेठ १५ गते अस्पताल भर्ना गरिएको थियो । उनको जेठ १६ गते नै श्वास संकलन गरेर सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

त्यसैगरी शनिबार बेलुका पनि दैलेखको दुल्लु नगरपालिका पटांगिनीको क्वारेन्टाइनमा रहेका ३५ वर्षीय युवाको पनि कोरोनाकै कारण मृत्यु भएको हो । शनिबार र आइतबार मृत्यु भएका दुईजनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

यसअघि अर्घाखाँचीको भुमिकास्थानका ३५ वर्षीय युवाको भारतमा मजदूरी गरेर नेपाल फर्कने क्रममा जेठ १० गते मृत्यु भएको थियो । उनको जेठ ११ गते श्वाव संकलन गरेर भैरहवाको प्रयोगशालामा परीक्षण गरिएको थियो । विहिबार आएको रिर्पोटमा उनमा कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । उनको शबको दाहसंस्कार भइसकेको छ ।

उनीसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । जसमा बुधबार (जेठ १४) गते ललितपुर बुङमति २२ का ५६ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको कलेजोमा समस्या भएका कारण जेठ ११ गते ललितपुरको ग्वार्कोमा रहेको किस्ट अस्पतालको आइसीमा भर्ना भएका थिए ।

उनको जेठ १२ गते कोरोना परीक्षण गरिएको थियो । जसमा रिर्पोट पोजेटिभ आएको थियो । उनको बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

त्यस्तै जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनको संक्रमणबाट मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले जेठ १२ गते गरेको थियो ।

यसअघि जेठ ४ गते विरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना भइ उपचार गराएका ७० वर्षीइ पुरुषको मृत्यु भएको थियो । श्वास प्रश्वासमा समस्या भएर आइसीयुमा उपचार गराएका उनको उनको मृत्यु पश्चात गरिएको श्वाव परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
जेठ ७ गते गुल्मी मदानेका ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जेठ ४ गते बाँके नरैनापुरका २५ वर्षीय युवाको क्वारेन्टाइनमै रहेका बेला मृत्यु भएको थियो भने जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको कोरोना संक्रमणबाट मृत्यु भएको घोषणा जेठ ३ गते गरिएको थियो । उनी कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तनहुँ । मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

प्रेम परियार, नर्वे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेद्धारा आयोजित एभरेष्ट कप फुटवल २०२२

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको