back
CTIZAN AD

तरकारी र फलफूलबाट कोरोना सर्दैन, फ्याक्ने र गाड्ने काम नगरौं-स्वास्थ्य मन्त्रालय

वि.सं.२०७७ जेठ २१ बुधवार

771 

shares

२१ जेठ, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तरकारी, फलफूल, खानेकुरा र खानाका प्याकेटबाट कोरोना भाइरस सरेको अहिलेसम्म प्रमाणित नभएको बताएको छ ।

पछिल्लो समय तरकारी तथा फलफूलबाट कोरोना भाइरस सर्ने भ्रम फैलाउँदै विभिन्न स्थानमा नेपाली किसानद्धारा उत्पादित तरकारी विक्रि वितरणका लागि एकठाउँबाट अर्कोठाउँमा बजार पुर्याउदा कोरोना सर्ने भन्दै फ्याकिएको तथा गाडिएको समाचार आइरहेका बेला स्वास्थ्य मन्त्रालयले तरकारी तथा फलफूलबाट कोरोना भाइरस सरेको अहिलेसम्म पुष्टि नभएको जानकारी दिएको छ ।

मन्त्रालयद्धारा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसभन्दा अगाडि पनि यसबारेमा जानकारी गराएको बताउँदै भनेका छन्, ‘खाना, तरकारी र फलफूलहरुबाट कोभिड १९ सरेको प्रमाण अहिलेसम्म छैन । यो श्वास प्रश्वासबाट सर्छ । रोगीले, संक्रमित व्यक्तिले हाछ्युँ गर्दा, खोक्दा, बोल्दा थुकका छिटाहरु अन्य व्यक्तिमा पर्दा कोरोना सर्छ । यो श्वास प्रश्वासबाट सर्ने भएकाले हामीले सुरक्षाका उपायहरु अपनाएर व्यक्तिगत सरसफाइमा ध्यान दियौं भने यो रोग सर्दैन ।’

उनले फलफूल र तरकारीहरु नष्ट गर्न नहुने बताउँदै त्यसो नगर्न अनुरोध गरेका छन् । यतिबेला इम्युन पावर बढाउनु पर्ने अवस्था रहेको र तरकारी तथा फलफूलमा भिटामिन, मिनरल्सहरु पाइने हुनाले आफ्नै देशमा उत्पादन भएका वा बाहिरबाट आएका फलफूल तथा तरकारी खान कुनै समस्या नभएको पनि डा. देवकोटाले बताएका छन् ।

डा. देवकोटाले आयात विन्दु भन्सार नाकाहरुमा कसरी सुरक्षित तरिकाले तरकारी तथा फलफूल भित्राउने भन्ने निर्देशिका जारी गरिसकेको र यो पालना पनि भएको जानकारी दिएका छन् । ‘आयात विन्दुमा तरकारी तथा फलफूल बोकेका गाडीलाई निःसंक्रमण गर्ने, त्यहाँभित्र रहेका प्याकेटहरुलाई विशेष ख्याल गरिने र त्यहाँ खटिएका कर्मचारीहरुलेपनि विशेष सुरक्षा अपनाउने हुनाले तरकारी तथा फलफूल राम्रोसँग धोएर खान सकिन्छ । नष्ट नगरौं ।’

वि.सं.२०७७ जेठ २१ बुधवार १९:०० मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...