back
CTIZAN AD

रुकुम घटना बारे बोल्यो नेकपा

वि.सं.२०७७ जेठ २१ बुधवार

840 

shares

२१ जेठ, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रुकुम घटनाबारे बोलेको छ ।

छुवाछुत विरुद्धको राष्ट्रिय दिवसको उपलक्ष्यमा शुभकामना दिँदै नेकपाले रुकुम पश्चिममा घटित घटनालाई विभत्स, त्रासदीपूर्ण र आपराधिक कृकृत्य भएको भन्दै घोर निन्दा र भत्र्सना गरेको छ ।

महासचिव विष्णुप्रसाद पौडेलद्वारा जारी प्रेस वक्तव्यमा छुवाछुत र जातीय विभेदलाई सामाजिक अपराधका रुपमा दण्डनीय बनाउने कानुनी व्यवस्था गरिएको भए पनि अझै पनि दलित समुदायमािथ विभेद र हिंसाका घटनाहरु देखापर्नु गम्भिर चिन्ताको विषय भएको उल्लेख छ ।
उक्त घटनाले राजनीतिक रुपमा प्राप्त उपलब्धिहरुलाई हेरेर सन्तुष्ट नहुन र सामाजिक सांस्कृतिक रुपान्तरणका लागि गम्भिर, सार्थक र योजनाबद्ध प्रयोग गर्न घच्घत्याइरहेको बताइएको छ ।

वक्तव्यमा जातीय समानताको मान्यतालाई आत्मसाथ नगर्ने र छुवाछुत जस्तो अपराधमा संलग्न व्यक्तिहरु आफ्नो पार्टीमा रहिरहन नसक्ने भन्दै उक्त घटनाको निस्प्क्ष छानबीन गर्न, अपराधीहरुलाई कडाभन्दा कडा कार्वाही गर्न र पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

नेकपा यस्ता कुप्रथाहरुलाई जरैदेखि निर्मुल गर्न कृतः संकल्पित रहेको जानकारी गराउँदै वास्तविक समानता र मानव गरिमा स्थापित गर्ने अभियानमा संलग्न हुन सबैमा आह्वान पनि गरिएको छ ।

वि.सं.२०७७ जेठ २१ बुधवार १८:५८ मा प्रकाशित

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा...