back
CTIZAN AD

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

वि.सं.२०८३ भदौ २ मंगलवार

18 

shares

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट मोबिलिटीको रोमाञ्चक अनुभव एकै ठाउँमा लिन पाइने ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

नेपालको अटोमोबाइल क्षेत्रकै सबैभन्दा ठूलो र बहुप्रतीक्षित प्रदर्शनीका रूपमा लिइने नाडा अटो शोको यो १८औँ संस्करण हो। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने यसपटकको प्रदर्शनीलाई नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वर्ण उत्सव संस्करण’ का रूपमा विशेष बनाइँदैछ। प्रदर्शनीको शीर्ष प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ।

करिब तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने शोमा २०० भन्दा बढी स्टल रहनेछन्। जहाँ आगन्तुकले नयाँ पुस्ताका कार, विद्युतीय सवारी, दुईपांग्रे, लाइट कमर्शियल भेहिकलदेखि अटो पार्ट्स, टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट र ग्यारेज उपकरणसम्म प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्।

प्रदर्शनीमा २३ पेसेन्जर कार ब्रान्ड, १७ लाइट कमर्शियल भेहिकल ब्रान्ड, १३ दुईपांग्रे ब्रान्ड तथा १० वित्तीय एवं बीमा सेवा प्रदायक सहभागी हुनेछन्। त्यसैगरी करिब ७० वटा स्टलमा अटोमोबाइल पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स तथा अन्य उत्पादन र सेवा प्रदर्शन गरिनेछ।

नाडा अटो शो केवल सवारी साधनको प्रदर्शनीमा सीमित हुने छैन। स्मार्ट मोबिलिटी, कनेक्टिभिटी र भविष्यको यातायात प्रविधि समेत यसको प्रमुख आकर्षण बन्नेछन्।

विभिन्न ब्रान्डले आफ्ना नयाँ मोडल सार्वजनिक गर्ने प्रोडक्ट लन्च समेत प्रदर्शनीकै क्रममा गर्नेछन्। साथै स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास तथा कनेक्टिभिटीमा केन्द्रित सिम्पोसियम आयोजना गरिनेछ।

स्वदेशमै एसेम्बल तथा उत्पादन भइरहेका सवारी साधन, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट र अन्य अटोमोबाइल सामग्रीलाई समेत विशेष रूपमा प्रवर्द्धन गरिने आयोजकले जनाएको छ।

नाडा अटो शोमा सहभागी हुन चाहनेले खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्न सक्नेछन्। निश्चित अवधिका लागि टिकट खरिदमा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ।

आगन्तुकको सहजताका लागि छुट्टाछुट्टै जोन, मिडिया डेस्क, ट्राफिक सूचना डेस्क तथा क्याफेटेरियाको व्यवस्था गरिएको छ। आपत्कालीन स्वास्थ्य टोली, सीसीटीभी निगरानी, आगो नियन्त्रण तथा ह्वीलचेयरमैत्री संरचनाको समेत व्यवस्था हुनेछ।

पार्किङका लागि नेपाल पुलिस क्लबको ब्लु प्याभिलियनको अन्डरग्राउन्ड पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा समेत पार्किङ व्यवस्थापनका लागि पहल गरिएको आयोजकले जनाएको छ।

६ दिनसम्म चल्ने प्रदर्शनीमा करिब २ लाख आगन्तुक आउने आयोजक नाडाको अपेक्षा छ।

नाडाका अनुसार प्रदर्शनीले उपभोक्तालाई बजारमा उपलब्ध नवीनतम सवारी साधन र प्रविधिबारे प्रत्यक्ष जानकारी दिने मात्र नभई अटोमोबाइल व्यवसायी, उत्पादक, वितरक, वित्तीय संस्था, बीमा कम्पनी तथा अन्य सरोकारवालालाई एउटै मञ्चमा जोड्नेछ।

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२६ नेपालको मोबिलिटी क्षेत्र कुन दिशातर्फ अघि बढिरहेको छ भन्ने प्रत्यक्ष देखाउने महत्वपूर्ण प्रदर्शनी बन्ने अपेक्षा गरिएको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार ११:०६ मा प्रकाशित

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...