
२२ जेठ, काठमाडौं । गत वैशाख ७ गतेदेखि सुरु भएको कोरोना बीमा अन्ततः स्थगित भएको छ । बीमाको सुरुवात गर्दा नेपालमा न्यून संख्यामा कोरोना संक्रमित थिए । तर बीमा सुरुवात भएको करिब डेढ महिनापछि कोरोना संक्रमितको संख्या २ हजार नाघेर पूँजी भन्दा बढी दायीत्व सिर्जना हुने देखिए पछि बीमा कम्पनीहरुले कोरोना बीमाबन्द गर्ने निर्णय बुधबार गरेको थिए ।
सोहि अनुसार निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले बुधबार नै बीमा समितिलाई पोलेसि बेच्न नसकिने जानकारी गराईसकेको थियो । यद्यपी बिहिबार मात्रै पनि केहि बीमा कम्पनीहरुले पोलेसि बिक्रि गरेका थिए ।
“कोरोना माहामारी हो माहामरीको कहिं पनि बीमा हुदैन” नेपाल बीमक संघका प्रबक्ता चंकि क्षेत्रीले भने “बीमा गर्ने नै हो भने पनि यसको अन्तराष्ट्रिय पुनर्बीमा हुनु पर्दछ तर यो अहिले हुने अबस्था छैन ।”
क्षेत्रीका अनुसार बीमा गर्नलाई आबस्यक संख्यामा बीमा पुलको आबस्यकता पर्दछ । त्यसका लागि नेपाल पूनर्वीमा कम्पनीले मात्र पुग्दैन अन्तराष्ट्रिय पूनर्बीमा कम्पनीहरुले पनि बीमा पुलको रुपमा पूनर्बीमा गर्नुपर्ने हुन्छ । तर अन्तराट्रिय पूनर्बीमा कम्पनीहरुले पूनर्बीमा गर्न नमानेकोले माहामरीको बीमा हुन नसक्ने बीमकसंघले बताएको छ । संघका अनुसार अधिलेसम्मको दायीत्व बीमा कम्पनीहरुले लिने तर भरपर्दो ब्याकप नहुने हो भने कोरोनाको थप बीमा नगर्ने जानकारी पनि बीमा समितिलाई गराएका थिए ।
बजेटमा पनि बीमाको कुराआएकोले सोहि अनुसारको कार्यबिधि बनाएर लागू गर्ने बिमा समितिको तयारी छ । बुधबार बीमा समिति कोरोना बीमाबाट पछाडी फर्कन लागेको भन्दै केहि अनलाईनहरुमा समाचार आएको थियो ।
उक्त समाचार सत्य नभएको बीमा समिति स्रोतले भन्यो । यस अघिको कोरोना बीमाको कार्यक्रम बीमा समितिको आफ्नै बलबुतामा सुरु गरिएको थियो । अब यो बार्षिक बजेटमा पनि समाबेस भएर आएको छ । त्यसका लागि पनि त्यसको मोडेलका बिषयमा छलफल गरेर सुचारु गर्ने तयारी बीमा समितको छ । सोहि तयारीकालागि हाललाई कोरोना बीमा स्थगित गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको बीमा समितिले जनाएको छ ।