back
CTIZAN AD

अन्तत स्थगित भयो कोरोना बीमा

वि.सं.२०७७ जेठ २२ बिहीवार

783 

shares

२२ जेठ, काठमाडौं । गत वैशाख ७ गतेदेखि सुरु भएको कोरोना बीमा अन्ततः स्थगित भएको छ । बीमाको सुरुवात गर्दा नेपालमा न्यून संख्यामा कोरोना संक्रमित थिए । तर बीमा सुरुवात भएको करिब डेढ महिनापछि कोरोना संक्रमितको संख्या २ हजार नाघेर पूँजी भन्दा बढी दायीत्व सिर्जना हुने देखिए पछि बीमा कम्पनीहरुले कोरोना बीमाबन्द गर्ने निर्णय बुधबार गरेको थिए ।

सोहि अनुसार निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले बुधबार नै बीमा समितिलाई पोलेसि बेच्न नसकिने जानकारी गराईसकेको थियो । यद्यपी बिहिबार मात्रै पनि केहि बीमा कम्पनीहरुले पोलेसि बिक्रि गरेका थिए ।

“कोरोना माहामारी हो माहामरीको कहिं पनि बीमा हुदैन” नेपाल बीमक संघका प्रबक्ता चंकि क्षेत्रीले भने “बीमा गर्ने नै हो भने पनि यसको अन्तराष्ट्रिय पुनर्बीमा हुनु पर्दछ तर यो अहिले हुने अबस्था छैन ।”

कोरोना बीमा गर्नेहरुको ओईरो

क्षेत्रीका अनुसार बीमा गर्नलाई आबस्यक संख्यामा बीमा पुलको आबस्यकता पर्दछ । त्यसका लागि नेपाल पूनर्वीमा कम्पनीले मात्र पुग्दैन अन्तराष्ट्रिय पूनर्बीमा कम्पनीहरुले पनि बीमा पुलको रुपमा पूनर्बीमा गर्नुपर्ने हुन्छ । तर अन्तराट्रिय पूनर्बीमा कम्पनीहरुले पूनर्बीमा गर्न नमानेकोले माहामरीको बीमा हुन नसक्ने बीमकसंघले बताएको छ । संघका अनुसार अधिलेसम्मको दायीत्व बीमा कम्पनीहरुले लिने तर भरपर्दो ब्याकप नहुने हो भने कोरोनाको थप बीमा नगर्ने जानकारी पनि बीमा समितिलाई गराएका थिए ।

बजेटमा पनि बीमाको कुराआएकोले सोहि अनुसारको कार्यबिधि बनाएर लागू गर्ने बिमा समितिको तयारी छ । बुधबार बीमा समिति कोरोना बीमाबाट पछाडी फर्कन लागेको भन्दै केहि अनलाईनहरुमा समाचार आएको थियो ।

उक्त समाचार सत्य नभएको बीमा समिति स्रोतले भन्यो । यस अघिको कोरोना बीमाको कार्यक्रम बीमा समितिको आफ्नै बलबुतामा सुरु गरिएको थियो । अब यो बार्षिक बजेटमा पनि समाबेस भएर आएको छ । त्यसका लागि पनि त्यसको मोडेलका बिषयमा छलफल गरेर सुचारु गर्ने तयारी बीमा समितको छ । सोहि तयारीकालागि हाललाई कोरोना बीमा स्थगित गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको बीमा समितिले जनाएको छ ।

वि.सं.२०७७ जेठ २२ बिहीवार १९:२७ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...