back
CTIZAN AD

कोरोना बीमा गर्नेहरुको ओईरो

वि.सं.२०७७ जेठ १८ आइतवार

1.1K 

shares

१८ जेठ काठमाडौं । गत चैत्र ४ गते बीमा समितिले कोरोना बीमाको आबधिक पोलेसि बिक्रि गर्ने निर्णय गरेपछि अहिले यो बीमाको पोलेसि खरिद गर्नेहरुको ओईरो लागेको छ । बीमा समितिले उपलब्ध गराएको शुक्रबारसम्मको तथ्याङ्क अनुसार ४० दिनको समयाबधिमा २१ हजार ८ सय ३३ पोलेसि बिक्रि भएका छन । सो मार्फत २ लाख ५८ हजार ७ सय ४४ जना विमित भएका छन । बिक्रि भएका पोलेसिहरुबाट १४ करोड सात लाख ६२ हजार १ सय ९५ रुपैंया बीमा कम्पनीहरुले प्रिमियम संकलन गरेका छन ।

कोरोना बीमाको पोलेसि निर्जीबन बीमा कम्पनीहरुले मात्र बिक्रि गर्न पाउँछन । हाल नेपालमा २० वटा निर्जीवन बीमा कम्पनीहरु संचालनमा छन । यस मध्ये सबैभन्दा धेरै शिखर ईन्स्योरेन्सले ५ हजार ४ सय ८२ थान कोरोना बीमाको पोलेसि बिक्रि गरेको छ । उक्त पोलेसि मार्फत ५१ हजार १ सय १६ जना बीमित हुँदा २ करोड ८२ लाख ४७ हजार ४ सय प्रिमियम संकलन गरेको छ भने सबै भन्दा कम सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेड १९ वटा पोलेसि बिक्रि गरेको छ । जस मार्फत तीन हजारजना बीमित भएका छन भने १६ लाख प्रिमियम संकलन गरेको छ ।

बीमा समितिले जारि गरेको कार्यबिधि अनुसार कोरोना बिमाको पोलेसि २ प्रकारको छ । एउटा १ लाखको र अर्को ५० हजारको । १ लाखको बीमा गर्दा व्यक्तिगत १ हजार तथा परिवारीक तथा संस्थागत भए ६ सय प्रतिब्यक्ति प्रिमियम तिर्नु पर्छ । त्यस्तै ५० हजारको बीमा गर्दा व्यक्तिगत ५ सय र परिवारिक वा संस्थागत भए ३ सयका दरले प्रिमियम तिर्नु पर्ने व्यवस्था गरेको छ ।

जन्मेको तीन महिना नाघेको तथा ९९ वर्षसम्म उमेर पुगेको व्यक्तिले यो बीमा गर्न सक्ने बीमा समितिले जारि गरेको कार्यबिधिमा उल्लेख छ । यसका साथै कोरोना बीमा गरेको १५ दिन पछि पोलिमस चेन रियाक्सन (पिसिआर) बिधि मार्फत परिक्षण गर्दा नतिजा पोजेटिभ आएका बीमितले बीमा गरे बराबरको नगद दाबी गर्न सक्ने पनि कार्यबिधिमा उल्लेख छ ।

 

वि.सं.२०७७ जेठ १८ आइतवार १७:५८ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...