
१८ जेठ काठमाडौं । गत चैत्र ४ गते बीमा समितिले कोरोना बीमाको आबधिक पोलेसि बिक्रि गर्ने निर्णय गरेपछि अहिले यो बीमाको पोलेसि खरिद गर्नेहरुको ओईरो लागेको छ । बीमा समितिले उपलब्ध गराएको शुक्रबारसम्मको तथ्याङ्क अनुसार ४० दिनको समयाबधिमा २१ हजार ८ सय ३३ पोलेसि बिक्रि भएका छन । सो मार्फत २ लाख ५८ हजार ७ सय ४४ जना विमित भएका छन । बिक्रि भएका पोलेसिहरुबाट १४ करोड सात लाख ६२ हजार १ सय ९५ रुपैंया बीमा कम्पनीहरुले प्रिमियम संकलन गरेका छन ।
कोरोना बीमाको पोलेसि निर्जीबन बीमा कम्पनीहरुले मात्र बिक्रि गर्न पाउँछन । हाल नेपालमा २० वटा निर्जीवन बीमा कम्पनीहरु संचालनमा छन । यस मध्ये सबैभन्दा धेरै शिखर ईन्स्योरेन्सले ५ हजार ४ सय ८२ थान कोरोना बीमाको पोलेसि बिक्रि गरेको छ । उक्त पोलेसि मार्फत ५१ हजार १ सय १६ जना बीमित हुँदा २ करोड ८२ लाख ४७ हजार ४ सय प्रिमियम संकलन गरेको छ भने सबै भन्दा कम सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेड १९ वटा पोलेसि बिक्रि गरेको छ । जस मार्फत तीन हजारजना बीमित भएका छन भने १६ लाख प्रिमियम संकलन गरेको छ ।
बीमा समितिले जारि गरेको कार्यबिधि अनुसार कोरोना बिमाको पोलेसि २ प्रकारको छ । एउटा १ लाखको र अर्को ५० हजारको । १ लाखको बीमा गर्दा व्यक्तिगत १ हजार तथा परिवारीक तथा संस्थागत भए ६ सय प्रतिब्यक्ति प्रिमियम तिर्नु पर्छ । त्यस्तै ५० हजारको बीमा गर्दा व्यक्तिगत ५ सय र परिवारिक वा संस्थागत भए ३ सयका दरले प्रिमियम तिर्नु पर्ने व्यवस्था गरेको छ ।
जन्मेको तीन महिना नाघेको तथा ९९ वर्षसम्म उमेर पुगेको व्यक्तिले यो बीमा गर्न सक्ने बीमा समितिले जारि गरेको कार्यबिधिमा उल्लेख छ । यसका साथै कोरोना बीमा गरेको १५ दिन पछि पोलिमस चेन रियाक्सन (पिसिआर) बिधि मार्फत परिक्षण गर्दा नतिजा पोजेटिभ आएका बीमितले बीमा गरे बराबरको नगद दाबी गर्न सक्ने पनि कार्यबिधिमा उल्लेख छ ।