back
CTIZAN AD

आज १६६ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या १५६७ पुग्यो

वि.सं.२०७७ जेठ १८ आइतवार

903 

shares

१८ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६६ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज पुष्टि भएकामा प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँ रिसिङका २८ वर्षीय पुरुष र स्याङजा गल्याङका २७ र ४० वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा ५ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु पर्सा पटरेवा सुगौलीको स्थानीय क्वारेन्टाइनमा रहेका हुन. । उनीहरुको उमेर समुह २२ देखि ३६ वर्ष रहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा कालिकोट शुभकालिकाका १९ देखि ५२ वर्षीय १३ पुरुष, महोइ गाउँपालिकाका २० देखि ४२ वर्षे ५ पुरुष, दैलेख दुल्लुका ३५ वर्षे पुरुष, दैलेख नारायण नगरपालिकाका १६ देखि ४८ वर्षीय ९ जना पुरुष, दैलेखकै सिम्दाका २६ वर्षीय पुरुष, देवलकानका १८ देखि २२ वर्षे ५ जना पुरुष, रातापानीका २८ वर्षे पुरुष, सादुका २२ वर्षे र बाजुरा जुजुनाथका ४० वर्षे पुरुषमा पनि संक्रमण भएको पुष्टि भएको छ ।

पशुंपंक्षी प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सल्यान कुपिण्डेका ११ देखि ६० वर्षका २५ जना पुरुष र सुर्खेत बराहका ४ महिने बालिका रहेकी छन् ।

धुलिखेल अस्पतालमा गरिएको परक्षिणमा कविलवस्तु शिवराजका ३२ वर्षे पुरुष र भेरी अस्पताल दाङमा गरिएको परीक्षणमा बाँके नरैनापुर गाउँपालिकाका २१ देखि २५ वर्षीय ८ जना पुरुष, खजुराका ३० वर्षीय पुरुष, नेपालगन्जका १६ देखि ४२ वर्षीय ४ पुरुष र बैजनाथका ३५ वर्षे पुरुषमा पनि संक्रमण भेटिएको छ ।

त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १२ जना संक्रमित भेटिएका छन् । उनीहरु सप्तरी राजगढका १७ देखि ४५ वर्षीय पुरुष रहेका छन् ।

सेति प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलाली भजनीका २५ वर्षीय पुरुष, जानकी गाउँपालिकाका ३४ वर्षे पुरुष, जितनगर क्वारेन्टाइनमा रहेका ४७ वर्षे पुरुष र बाजुरा अस्पतालका २ वर्षीय बालिका र २३ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । (बालिकाको आज बिहान २ः३० बजे मृत्यु भइसकेको छ) ।

त्यस्तै कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा झापा गौरीगन्जका २३ देखि ३९ वर्षीय ४ जना पुरुष र मोरङ विराटनगरकी ४५ वर्षीया महिला रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा धनुषा मुखियापट्टीका ३९ देखि ४६ वर्षका २१ जना पुरुष रहेका छन् । कपिलवस्तु महाराजगन्जका ३३ देखि ४१ वर्षीय ४ जना पुरुष, रौतहट क्वारेन्टाइनमा रहेका ४, ९ र १२ वर्षीय बालक सहित २१ जना पुरुष रहेका छन् उनीहरु ५२ वर्ष सम्मका व्यक्ति रहेका छन् ।  सर्लाहीका १ बालक सहित १० जना रहेका छन् । उनीहरुको उमेर समुह १५ देखि ५० वर्ष रहेको छ ।

आज संक्रमण पुष्टि भएका १६६ जनासहित नेपालमा संक्रमित हुनेको संख्या १,५६७ पुगेको छ । जसमा १,४५० पुरुष र ११७ जना महिला रहेका छन् ।  उनीहरुमा २२० जना निको भएर घर फर्किइसकेका छन् ।

वि.सं.२०७७ जेठ १८ आइतवार १७:४३ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...