back
CTIZAN AD

आउनोस् हामी मिलेर खाउँ !

वि.सं.२०७७ जेठ १८ आइतवार

1.1K 

shares

आउनुस् हामी केही मान्छेहरू मिलौ
बाडी चुडी खाउँ यो देश
खोला नाला पहाड पर्बतको के काम ?
बन जङलको के काम ?
प्रयोग नै नहुने पहाडको के काम ?
आफुलाई कामै नलाग्ने भुमिको के काम ?
बिरोधीहरु !
डाढेहरु !
पानी मरुवाहरु !
लाछीहरु !
कुन्ठितहरु !
आफु पनि केही गर्न नसक्ने
अरुले खाएको पनि रिस गर्ने
डाढे र रिसाउटेहरुलाई देखाइ दिउँ
आउनुस् हामी कती सकिन्छ मिलौ
भागशान्ती बाँडी चुँडी खाउँ
टनकपुरको नाममा खाउँ
कालापानी, लिपुलेख र कुन्जीको नाममा खाउँ
सुस्ता र महेशपुरको नाममा खाउँ
महाकालीको नाममा खाउँ
सिमानाको नाममा खाउँ
नदी नालाको नाममा खाउँ
जडिबुटी र युरेनियमको नाममा पनि खाउँ
जे जे मा जहाँ जहाँ सकिन्छ मिलाएर खाउँ
सम्भाबित खनिज पदार्थको नाममा खाउँ
ढुङ्गा माटो र बालुवाको नाममा खाउँ
एमसिसीको नाममा खाउँ
कोरोनाको नाममैं खाउँ
मौका पारेरै लगाइएको छ लकडाउन
त्यसैको नाममा पनि खाउँ
स्वास्थ्य सामाग्रीको नाममा खाउँ
राहतको नाममा खाउँ
Quarantine को नाममा खाउ
बिभिन्न कोषको नाममा खाउ
जे जे पाईन्छ त्यही त्यही खाउँ
नखाएर पो के गर्नु छ र !
हामीले न खाए अरुले खान्छ
बरु हामी नै खाउँ
लुछेर खाउँ
चुडेर खाउँ
निचोरेर खाउँ
गूदी पनि खाउँ
बोक्रा पनि खाउँ
चोक्टा चोक्टा पारेर खाउँ
बाँडेर खाउँ
आउ यो देश हामी मिलेर खाउँ

२०७७/२/१८

वि.सं.२०७७ जेठ १८ आइतवार १७:४० मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...